३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

असिना पानीले अन्नवालीमा क्षति

ताप्लेजुङ–सोमबार साँझ परेको असिना पानीले ताप्लेजुुङका आधा दर्जन बढी क्षेत्रको अन्नवाली र फलफूलमा क्षति पुर्याएको छ।

करिव दुुई घण्टासम्म लगातार परेको असिना पानीले पाक्न लागेको गँहु,जौ, तोरी र फलफुुलमा क्षति गरेको दोखु गाविसका किसान कृष्णप्रसाद बरालले बताए। उनका अनुसार फलफूलतर्फ असिना पानीले सबैभन्दा बढी लिची र आँपमा क्षति गरेको छ। यस बाहेक सन्तोलाका बोटमासमेत गंभिर क्षति पुर्याएको बरालले जानकारी दिए। लगातारको असिना पानीले केनिम लगायतका तरकारी वालीका लागि नाम कमाएका स्थलहरु बुुङकुुुलुुङ, भोटेगाँउ मेदिबुङ, देवलिङगे र लहरे गाँउ समेत प्रभावित भएका छन्।

लहरे गाँउका किसान तुलसी पौडेलले असिना पानीले तरकारीवाली नराम्ररी प्रभावित बनेको जानकारी दिए। हरेक मंगलबार र शनिबार तोक्मे डाँडा क्षेत्रमा लाग्ने हाटमा यीनै क्षेत्रबाट सबैभन्दा बढी तरकारी वाली बजार भित्रन्थे। यता बजार क्षेत्रमा ढल निकासको समुुचित व्यवस्थापनको अभावमा फुुङलिङको मुुटु मानिने बीरेन्द्रचोक क्षेत्रमै पानी व्यवसायीका गोदाम भित्र पसेर विनास गरेको छ।

ताप्लेजुुङ उद्योग वाणिज्य संघका महासचिव इन्द्रबहादुर गुरुङले ढल व्यवस्थापनको अभावका कारण वर्षाको पानी व्यवसायीको गोदाममा छिर्दा स्टेशसनरी व्यवसायी केशव भट्टराई र किराना तथा अलैंची व्यवसायी दिनेश अधिकारीको पसलमा क्षति पुुगेको जानकारी दिए। उनले क्षतिको बिवरण संकलन हुदै गरेपनि भट्टराईको अनुुमानित चार लाख र अधिकारीको तीन लाख समेत गरी सात लाख बढीको क्षति भएको जानकारी दिए ।

जिल्ला कृषि विकाश कार्यालयले भने मंगलवारबाट भने क्षतिको बिवरण संकलन हुने जानकारी दिएको छ । सोमबार सांझबाटै क्षतिको प्रारम्भिक जानकारी लिन थालिएपनि स्थलगत रुपमा भने मंगलबारबाट मात्र खटिने योजना रहेको जिल्ला कृषि विकाश कायालयका वागवानी विकाश अधिकृत उमेश राउतले जानकारी दिए ।

प्रकाशित: ८ वैशाख २०७३ ०२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App