राजविराज– सप्तरीको मलेठ गाविसमा करेन्ट लागेर आज एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मलेठ गाविस–४ बस्ने वैद्यनाथ साहको १५ वर्षीय छोरा मनिष साह रहेको प्रहरीले जनाएको छ।
मनिषको खेतमा पानी तान्नको लागि लगाएको मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। रासस
प्रकाशित: २३ असार २०७३ ०९:२५ बिहीबार