१९ आश्विन २०८१ शनिबार
image/svg+xml

आम्दानीको स्रोत बन्दै धुपीको दाउरा र पात

जुम्ला तातोपानी गाउँपालिका ८ का ३८ वर्षीय भीमबहादुर बुढा अधिकांस समय धुपीको दाउरा र पात संकलनमै व्यस्त हुन्छन्। उनी धुपीको पात र दाउरा बेचेर गुजारा चलाउँछन्। गत वर्ष १ क्वीन्टल ५० केजी धुपीको दाउरा बेचे। दाउरा संगै उनले धुपीको पात बेचेर एकमुष्ट ९ हजार रुपैयाँ कमाए। उनका लागि त्यो ९ हजार रुपैयाँ राम्रो आम्दानी हो।

आम्दानीको स्रोत बन्दै जुम्ली काठे ओखर

घरमा ल्याएको ओखर पनि पानीमा पकाएर भित्रको गुदीबाट तेल निकाल्ने गरिन्थ्यो। तर दुख धेरै, तेल कम आउने भएपछि किसान ओखर खेतीमा चासो दिदैनथे। अहिले गाउँमा ओखर प्रशोधन केन्द्र स्थापना गरेर तेल निकाल्ने मेसिन राखेपछि काठे ओखरको खेतीमा किसान आकर्षित हुन थालेका हुन्।

आम्दानीको स्रोत बन्दै च्याउ खेती

धादिङको गजुरी गाउँपालिका वडा नं ५ राईगाउँका मोहन राईले दुई वटा टनेलमा च्याउखेती गरेका छन्। तीन वर्ष अघि च्याउखेती गर्ने तरिकाको बारेमा तालिम लिएपछि घरमै टनेल बनाएर व्यावसायिक रुपमा खेती सुरु गरेको राईले बताए।

व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी

भोजपुरको तिम्मामा व्यावसायिकरूपमा सतुवा खेती सुरु गरिएको छ। दश वर्षअघि परीक्षणको रुपमा गरिएको सतुवा खेती सफल भएपछि भोजपुर तिम्माका सङ्गम राईले व्यावसायिकरूपमा नै सतुवा खेती सुरु गरेका हुन्।

व्यावसायिक उपयोगको आम्दानी तीनै तहमा बाँडफाँट

सरकारले जलस्रोतको व्यावसायिक उपयोगबाट प्राप्त हुने आम्दानी समुदाय तथा तीनै तहका सरकारबीच बाँडफाँड गर्ने गरी राष्ट्रिय जलस्रोत नीति २०७७ ल्याएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बिहीबार राष्ट्रिय जलस्रोत नीति २०७७ सार्वजनिक गर्दै पानीको उपयोग, संरक्षण र नियन्त्रण र नियमन सम्बन्धी एकीकृत नीतिको अभाव परिपूर्ति गर्न राष्ट्रिय जलस्रोत नीति ल्याइएको बताए।

बाख्रापालनबाट एउटै गाउँमा वार्षिक ९० लाख आम्दानी

पोखरा महानगरपालिका–२० मौजागाउँका किसानले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन्। जिल्लामा बाख्राको पकेट क्षेत्रसमेत घोषणा गरिएको मौजाका कृषकले बाख्रापालनबाट वर्षमा सबै खर्च कटाएर ९० लाख रुपैयाँ कमाइ गरेका छन्।

तिहारमा भारतबाट फूल नल्याइने भएसँगै किसान हर्षित

वैदेशिक रोजगारमा पुगेका कतिपय युवाहरु गाउँ फर्केर बसेका छन्। नेपालमा तिहारका लागि अत्यावश्यक मानिने तिहारे फूल (सयपत्री) भारतबाट आउने गरेको थाहा पाएका किसान दामोदर घर्तीले भने व्यवसायिक फूल खेतीबाट मनग्य आम्दानी लिन थालेका छन्।

घर आँगनको फूलबाट आम्दानी गर्दै गृहिणी

आफ्नै घर आँगन वरपरको डिलमा शोभाका लागि लगाइएको फूलबाटै केही आम्दानी हुन थालेपछि यहाँका सर्वसाधारण गृहिणीको थैलीमा नसोचेको अतिरिक्त आम्दानी पर्न थालेको हो।

घर आँगनको फूलबाट आम्दानी गर्दै गृहिणी

महोत्तरी जिल्लामा पछिल्ला केही वर्षयता घर आङ्गनमा शोभाका लागि लगाइएको फूलबाटै यहाँका गृहिणीले आम्दानी गर्न थालेका छन्।

बैंकको आम्दानी घट्दा लगानीकर्ताको नाफा खुम्चियो

यसपटक बैंक तथा वित्तीय संस्थामा गरेको लगानीबाट आउने लाभांशबाट कुनै नयाँ योजना बनाउनुभएको छ रु त्यसो हो भने भने पर्खनु्स् है। त्यस्तो योजना बनाउनुअघि बैंक तथा वित्तीय संस्थाको वासलात हेर्नुपर्ने हुन्छ।

ह्विलचेयरमै बसेर मासिक ४० हजार आम्दानी

शरीरमा भएका गोली निकाल्दा ज्यान जानसक्ने डाक्टरले सल्लाह दिएपछि तीन महिनासम्म अस्पताल बसेका कविराम अहिले शरीरमा गोली बोकेरै जीवन चलाउँदै आएका छन्।

महामारीकाे मारमा महिला

गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्यमा गम्भीर असर परेको छ। उनीहरुले स्वास्थ्य सेवा पाउन सकेका छैनन् भने अस्पताल जान पनि डराउनुपर्ने अवस्था छ।

२४ बैंकको प्रतिसेयर आम्दानी घट्यो

आर्थिक वर्ष ०७६/७७ मा सबै बैंकले गरी ५५ अर्ब ८० करोड रूपैयाँ खुद नाफा गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा सात अर्ब ६१ करोड रूपैयाँले कम हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्