६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

खीर व्यापारबाट लाखौँ आम्दानी

फाइल तस्बिर /नागरिक

काठमाडाैँ - डडेल्धुरामा एक जनाले खीरको व्यापारबाट मासिक लाखौँ रुपैयाँ आम्दनी गर्ने गरेका छन्।

डडेल्धुरा गान्यापधुरा गाउँपालिका–१ साहु खर्कका शेरबहादुर देउवाले भीमदत्त राजमार्गअन्तर्गत साहु खर्कस्थित विगत तीस वर्षदेखि खीर बेच्दै आएका छन्। ‘खीर बाजे’का नामले परिचित देउवा मासिक एकददेखि दुई लाखसम्म आम्दानी गर्ने गरेका छन्। सत्तरी वर्षीय देउवा अहिले पनि सक्रियरुपमा खीर बिक्री गर्न सफल व्यापारी छन्। ढल्कँदै गरेको उमेर भए पनि आजभोलि उहाँ अहोरात्र खटिएर खीर व्यवसाय गरिहेका छन्। सुदूरपश्चिम प्रदेशको मुख्य विन्दुमा रहेको तथा सात जिल्लाको प्रमुख भीमदत्त राजमार्ग भएर ओहोरदोहर गर्ने जो सुकै पनि खीर बाजेको पसलमा खीर खाएरै जाने गरेका स्थानीयवासी रामबहादुर देउवाले बताए।

सुदूरपश्चिममा मात्रै नभई सो बाटो भएर ओहोरदोहोर गर्ने जोसुकैले पनि देउवालाई खीर बाजेका नामले चिन्ने गरेको उनको भनाइ छ । उनले पकाएको खीर मीठो हुने भएकाले बाजको खीर पसलमा दैनिक ग्राहकको भीड लाग्ने गरेको स्थानीयवासी प्रकाश थापाले बताए। खीर व्यवसायबाटै लाखौँ रुपैंयाँ आम्दानी गर्न सफल भएका देउवाका छोरा पनि अहिले खीर व्यवसायमा नै बुबाललाई सघाउँदै आइरहेका छन्।

भीमदत्त राजमार्गमा यातायात सञ्चालन शुरु भएसँगै खीर व्यवसाय गरेका देउवाको सिको गर्दै आजभोलि साहु खर्कमा करीब एक दर्जन खीर पसल स्थापना भएका छन्। प्राकृतिक हिसाबले पनि रमणीय रहेको साहु खर्क क्षेत्रलाई बाजेको खीर पसलले झनै चर्चामा ल्याएको छ। आजभोलि साहु खर्कलाई खीर बजारका नामले चिनिँदै आएको छ। रासस

प्रकाशित: ३ चैत्र २०७६ ०६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App