१९ आश्विन २०८१ शनिबार
image/svg+xml

सूर्यविनायकको अर्धवार्षिक आम्दानी ८३ करोड

सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को पुस मसान्तसम्म ८२ करोड ९५ लाख ५८ हजार ९९४ रूपैयाँ आम्दानी गरेको छ।

एम्बुलेन्सको आम्दानी अपारदर्शी

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सञ्चालित एम्बुलेन्सको आम्दानी पारदर्शी नभएको पाइएको छ। खोटाङ सेवा समाज युकेले २०७३ चैत २६ गते हस्तान्तरण गरेको एम्बुलेन्स सञ्चालनका क्रममा उठेको शुल्कबापतको आम्दानीको हिसाब–किताब पारदर्शी नराखिएको खुलेको हो।

व्यावसायिक केराखेतीबाट मनग्य आम्दानी

सियारी गाउँपालिका–४ ओर्लहवाका ३७ वर्षिय रोहितकुमार पासी अहिले केरा खेतमै स्याहारसुसार गर्दै दिन बिताउछन्। सुरुवातदेखि नै तरकारी खेती गर्दै आएका पासीले सोचेजस्तो प्रतिफल नपाएपछि गत वर्षदेखि केरा खेतीमा लागेका हुन्। अहिले उनले व्यावसायिक केरा खेतीबाट नै मनग्य आम्दानी लिइरहेका छन्।

डेरीबाट राम्रो आम्दानी गर्दै ६४ वर्षिया केउरा धामी

भित्रि मधेश जोगबुडीकी केउरा धामीले डेरी सञ्चालन गरी राम्रो आमदानी गरि रहेकी छन्। परशुराम नगरपालिका–१२ तुलाभाडीकी ६४ वर्षिया केउरा धामीले विगत चार वर्षदेखि डेरी सञ्चालन गर्दै आएकी छन्।

इँटा बनाएर मासिक एक लाख आम्दानी

मिहिनेत गरे गाउँमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण इँटा उद्योगमा काम गर्ने मजदुरले देखाएका छन्। राम्रो कमाइ गर्नका लागि विदेशै जानुपर्छ भन्ने सोचाईलाई मजदुरले हटाइदिएका छन्।

खाद्यको अधिकांश सम्पत्ति लथालिंग

पूर्ण सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको नाममा देशभर ठूलो परिमाणमा जग्गा भए पनि अधिकांश बेवारिसे अवस्थामा छन्। कम्पनीको जग्गा व्यक्ति विशेषले उपभोग गरिरहेका छन्।

बेसार खेतीबाट मनग्य आम्दानी

ल आयो ८० रुपैयाँ मानोमै शुद्ध बेसार। सिन्धुलीको तीनपाटन गाउँपालिका–२ मझुवाका मुरली पौडेल सिन्धुलीका हाटबजारमा यसरी नै ग्राहक बोलाइरहेका हुन्छन्। ग्राहक बोलाउँदा उनको घाटी मात्रै सुक्दैन, गोजीभरी पैसा पनि हुन्छ। पौडेल व्यावसायिक रुपमा बेसार खेती गर्ने सफल कृषकमा गनिन्छन्। करिब नौ वर्षदेखि उनी निरन्तर बेसार खेतीमा जुटेका छन्।

परालका सामग्री

पराले सुकुलका लागि प्रसिद्ध ललितपुर साना गाउँका किसानले सुकुलमा बुट्टा भर्ने मात्र होइन, पराले सोफा, ब्याग, मन्दिर लगायत कलात्मक सामग्री बनाएर आम्दानी गर्न थालेका छन्।

घुमघाम नेपालमा, आम्दानी भारतलाई

हिउँद लागेसँगै मौसम खुलेको छ। आकाश निलो छ। हिमाल छर्लंग देखिन्छ। मोहित पार्ने सूर्योदयको दृश्य देख्न थालिएको छ। यसरी मौसम खुलेपछि अधिकांश नेपाली भू–भाग रहेको पर्यटकीय गन्तव्य सन्दकपुरमा पर्यटक ओइरेका छन्।

सन २०२५ सम्ममा साढे चार अर्ब आम्दानी

तराई तथा चुरे क्षेत्रसमेत समावेश हुने यो कार्यक्रमले नेपालको २० प्रतिशत वन क्षेत्र र २५ प्रतिशत जनसंख्यालाई समेट्छ।

दूध बिक्रीबाट मासिक १२ लाख आम्दानी

स्याङ्जाका दुई युवाले दूध बिक्रीबाट मासिक बाह्र लाख बढी आम्दानी गर्दै आएका छन्। पुतलीबजार नगरपालिका–३ ढडुवाका नवराज हमाल र सुरेश रेग्मीले दूध बिक्रीबाट सो आम्दानी गर्दै आएका हुन्।

महबाट मनग्य आम्दानी

झण्डै डेढ दशक विदेशमा पसिना चुहाएर काम गर्दा पनि पैसा बचाउन नसकेपछि आफ्नै देशमा फर्केर मौरी पाल्न थालेका म्याग्दीका एक किसानले राम्रै आम्दानी गर्न सफल थालेका छन्।म्याग्दीको मङ्गला गाउँपालिका–१, कुहुँका कृषक गोविन्द खत्रीले वैदेशिक रोजगारीबाट घर फर्किएर व्यावसायिक मौरीपालन शुरु गरेपछि राम्रै आम्दानी गर्न सफल बनेका हुन्।

कृषिबाट वार्षिक डेढ करोड आम्दानी

मनहरी गाँउपालिका–५ कि अनिता स्याङ्बोले कृषिबाट वार्षिक करीब एक करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने बताएकी छिन्।

पिसाबबाटै आम्दानी

गाउँपालिकाका सबै वडाका विद्यालय, सार्वजनिक स्थान र घरमा शौचालयमा राख्नका लागि जर्किन वितरण गरी त्यसमा नै पिसाब गर्ने र सोही पिसाब खेतबारीमा लगाइएको बालीनालीमा प्रयोग गरी उत्पादन बढाउने नयाँ तरिका अपनाएको हो।

आम्दानीको स्रोत बन्दै हस्तकला

बेनिघाट रोराङ गाउँपालिका वडा नं ३, मलेखुका सुरेन्द्रप्रसाद त्रिपाठी हस्तकलाका सामान बेचेर मासिक ४० हजार कमाई गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्