५ माघ २०८१ शनिबार
image/svg+xml

भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको नेतृत्व लामालाई

आदर्श पुरुष स्वर्गीय भीमबहादुर तामाङको सम्झनामा नेपाली कांग्रेस केन्द्रले गठन गरेको भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको निमित्त अध्यक्षको जिम्मेवारी बर्मा लामाले पाएका छन्।

अस्पतालबाटै शिशु चोरीः ‘फोन कल’ले फेला पार्‍याे शिशु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसूति वार्डबाट नवजात शिशु चोरी भएको छ। चोरी आरोपमा प्रहरीले दुई जनालाई पक्राउसमेत गरेको छ।

सूर्योदय भानु सम्मान मदनकृष्णलाई

सूर्योदय भानु प्रतिष्ठानले यस वर्षको सूर्योदय भानु स्रष्टा सम्मान कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गर्ने भएको छ। प्रतिष्ठानका अध्यक्ष लक्ष्यबहादुर केसीद्वारा जारी विज्ञप्तीमा नेपाली भाषा र साहित्यको सम्बद्र्धन र विकासका लागि साहित्यिक योगदानको कदरस्वरुप आदिकवि भानुभक्त आचार्यको जन्मोत्सव भव्यताका साथ मनाउँदै आएको जनाएको छ।

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार ८ लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारलाई घुससहित रंगेहात पक्राउ गरेको छ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा योजना छ बजेट छैन

सरकारले प्रतिष्ठानलाई विगत पाँच वर्षदेखि वार्षिक ७१ लाख रुपैयाँ बजेट विनियोजन गर्दै आइरहेको छ। उक्त रकम कर्मचारीको तलब सुविधामै खर्च हुने गरेको छ।

दुई अनुसन्धान अन्तिम चरणमा

प्रतिष्ठानमा हाल अध्यक्ष डा. गुरुङ सहित डा. मीना आचार्य, प्राध्यापक राजेन्द्रध्वज जोशी र डा. लाभ सदस्य रहेका छन्।

बिपीमा चार दिनपछि ताला खुल्यो, नेपाली विद्यार्थीलाई तीन सिट थप

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति र शिक्षाध्यक्षको कार्यालयमा लागेको ताला चार दिनपछि खुलेको छ । आइतबार बिहान आन्दोलनरत जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटी र प्रतिष्ठान व्यवस्थापन पक्षबीच सहमति जुटेपछि तालाबन्दी खुलेको हो । एमडी÷एमएसको कोटामा विदेशी विद्यार्थीलाई ग्राहयता दिएको भन्दै सोसाइटीले बिहीबार उपकुलपति डा. राजकुमार रौनियार र शिक्षाध्यक्ष डा. गुरु खनालको कार्यालय प्रवेश गर्ने मूलगेटमा तालाबन्दी गरेका थिए । सोसाइटीले राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा व्यवस्था भएबमोजिम एक तिहाइ सिट मात्र विदेशी विद्यार्थीहरूलाई छुट्याउनुपर्ने माग गरेको थियो । ताला खुलाउन प्रतिष्ठान सिनियर चिकित्सकहरूले शुक्रबार र शनिबार आन्दोलनरत जुनियर रेसिडेन्टहरूसँग पहल गरेका थिए ।

संस्कृतिविद् जोशी सम्मानित

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेको छ।

उपकुलपति र रेक्टरको कार्यालयमा तेस्रो दिन पनि तालाबन्दी

स्नातकोत्तर तह (एमडी/एमएस)मा ऐनविपरीत विदेशी विद्यार्थीलाई बढी सिट उपलब्ध गराएको भन्दै जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगाएको तालाबन्दी तेस्रो दिन पनि यथावत् छ।

शिक्षाध्यक्षकै अध्यक्षतामा प्रवेश परीक्षा समिति बनाउन निर्देशन

प्रतिष्ठानका उपकुलपति डा. रौनियारले भने आफू बिदामा भएकाले मन्त्रीले पठाएको पत्रबारे थाहा नभएको प्रतिक्रिया दिए।

अफ सिजनमा डेंगुको महामारी

गत वैशाख ३१ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रगत परीक्षणको क्रममा एकजना बिरामीको रिपोर्टमा डेंगु पोजेटिभ देखियो। चिकित्सकहरूको सल्लाहमा उपमहानगरपालिकाले बिपी प्रतिष्ठानका दुईवटा मेसिन मगाएर जोखिम क्षेत्रमा फगिङ (धुँवा फालेर मच्छर मार्ने) गरियो। यसअघि सन् २०१८ र २०१६ मा पनि धरानमा डेंगुका बिरामी भेटिएका थिए। डेंगु संक्रमण भेटिएको क्षेत्रमा फगिङ गरेपछि त्यसबेला नियन्त्रणमा आएको थियो। सोही अनुभवका आधारमा चिकित्सक र जनप्रतिनिधिहरूले यसपालि पनि डेंगु चाँडै नियन्त्रणमा आउला भन्ने आशा गरेका थिए। तर, वैशाख ३१ गतेयता हरेक दिन ज्वरो आएको भन्दै अस्पताल धाउने बिरामीको संख्या बढ्दै गयो भने परीक्षण गर्दा डेंगु पाजेटिभ हुने बिरामीहरू पनि दिन–प्रतिदिन बढ्दै गए। डेंगुका बिरामी कुनै एउटा वडामा सीमित रहेन, वडा १५ मा देखिएको डेंगु संक्रमण अन्य वडामा पनि फैलियो।

परिवर्तनका साक्षी बाबुलाल चचान

सात उद्योग र आधा दर्जन व्यापारिक प्रतिष्ठान सञ्चालन गर्ने वीरगञ्जको चचान समूहका अध्यक्ष बाबुलाल चचान वीरगञ्ज उद्योग वाणिज्य संघलाई २०५२ सालदेखि २०५८ सालसम्म अध्यक्ष भएर हाँके।

धरानमा दुईदिनमै डेंगुका ६८ बिरामी

– हालसम्म बिपी प्रतिष्ठानमा एक सय ७३ र विजयपुर हस्पिटलमा २६ जना भर्ना – बिरामीको संख्या बढ्दै जाने हो भने उपचारमा असहज अवस्था आउनसक्छ।

सघन कार्य र सेवा प्रभावकारिता

उच्च उत्पादन र कार्यसम्पादन प्रभावकारिताका लागि सबैजसो सार्वजनिक संगठन र व्यावसायिक प्रतिष्ठान चिन्तामा छन्। सार्वजनिक संस्थाका लागि सेवाग्राहीहरूको मन जितेर राज्य प्रभावकारिता बिस्तार गर्नुछ भने व्यावसायिक प्रतिष्ठानका लागि प्रतिस्पर्धालाई गतिशील बनाइ ग्राहकको मन जित्नु छ। तर कोही किन घनीभूतरूपमा काम गर्छ र धेरैचाहिँकिन यसो गर्दैनन् भन्ने खोजको विषय बनेको छ।

पोस्टमार्टमका लागि दश वटै शव धरान लगिँदै, रगत लागेको खुकुरी र लुगाफाटो भेटियो

पाँचथरको मिक्लाजोङ गाउँपालिका–३, आरुबोटेनजिकै सोमबार राति हत्या भएका ९ जनाको शव पोस्टमार्टमका लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्