५ माघ २०८१ शनिबार
image/svg+xml

झमेलामा थिंक ट्यांक

सरकारले मुलुकका विभिन्न महŒवपूर्ण विषयमा अनुसन्धानका लागि स्थापना गरेको नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष चैतन्य मिश्रले पदबाट राजीनामा गरेका छन्। परराष्ट्र मामिला, सुरक्षा र विकासलगायतका विषयमा अध्ययन अनुसन्धान गर्न स्थापना भएको प्रतिष्ठानले राम्रोसँग काम सुरु नगर्दै अध्यक्षले राजीनामा गरेका हुन्।

महिला स्वतन्त्रता पक्षमा राष्ट्रिय कला प्रदर्शनी

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा भएको केही शक्तिशाली प्राज्ञहरूले हतारमा प्रदर्शनी गर्न खोज्दा आफूनिकटलाई समावेश गरेका छन्। त्यसैले यो प्रदर्शनीले कहिल्यै कलाकार र कलाको विकासमा योगदान पु-याउन सकेन।

राजस्व चुहावटको उच्च जोखिम क्षेत्र खोज्दै सरकार

पछिल्ला दुई महिनाको प्रयासमा नक्कली भ्याट बिल बनाएर कर छली गरेको आरोप लागेका मुलुकका पाँच सय व्यापारिक प्रतिष्ठान राजस्व अनुसन्धान विभागको निगरानीमा छन्। अनुसन्धान सकिएका १६ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ। यसअघि एक सय ६७ विरुद्ध १३ अर्ब ५५ करोड बिगो जरिवाना र तीन वर्षसम्मको कैद सजाय माग दाबीसहित विभागद्वारा विभिन्न अदालतमा दर्ता गरिएका ६४ मुद्दा विचाराधीन छन्।

जुम्लामा कृषि विकास बैंक

कृषि विकास बैंक लिमिटेडले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा एक्सटेन्सन काउन्टर सुरु गरेको छ। वैशाख १९ गते बैंक सञ्चालक समिति अध्यक्ष क्षेत्रबहादुर सेजुवालले उक्त काउन्टर उद्घाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

ध्रुवचन्द्रलाई ‘युगकवि पुरस्कार’

युगकवि सिद्धिचरण प्रतिष्ठानले आधा शताब्दीदेखि नेपाली वाङ्मय क्षेत्रको आख्यान विधामा योगदान दिएका आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई ‘युगकवि सिद्धिचरण पुरस्कार २०७६’ प्रदान गर्ने भएको छ। प्रतिष्ठानका अध्यक्ष बैरागी काइँलाको अध्यक्षतामा गत मंगलबार बसेको बैठकले डा. गौतमलाई एक लाख रूपैंयाँ राशीको पुरस्कार दिने निर्णय गरेको हो। डा. गौतमका दुई दर्जन बढी उपन्याससहित ५० भन्दा बढी कृतिहरू प्रकाशित छन्।

प्रदेश तहमा पुस्तक प्रदर्शनीको तयारी

हरेक पाठकलाई पठनीय संस्कारको विकास गर्न पुस्तक प्रदशनीले टेवा पुग्नेछ। प्रदर्शनीमा दिइएको छुटका कारण पनि धेरै पुस्तक प्रेमीहरूको सहभागिता हुने विश्वासमा हामीमा छ।

राईलाई ‘टेम्के तुवाचुङ पुरस्कार’

टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङले मूर्तिकार रोजन राईलाई ‘टेम्के तुवाचुङ पुरस्कार–२०७५’ प्रदान गर्ने घोषणा गरेको छ। जिल्लाको भाषा, कला, साहित्य, गीतसंगीत, खेलकुदलगायतका क्षेत्रमा विशेष योगदान पु-याउने उत्कृष्ट एक प्रतिभालाई हरेक वर्ष प्रदान गरिने पुरस्कार यस वर्ष मूर्तिकार राईलाई प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ।

वीरका उपकरण बिग्रिए, सेवा प्रभावित

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालका आधा दर्जनभन्दा बढी उपकरण बिगे्रपछि सेवा प्रभावित भएको छ। अस्पतालका अनुसार अत्यावश्यक फलोरस्कोपी (पेटको रोग पत्ता लगाउने) मेसिन, अल्ट्रासाउन्ड, एक्स–रे, इन्डोस्कोपी, चार वटा हेमोडाइलोसिस मेसिन, सिटिसक्यान मेसिन, इनएनटी माइक्रोसकोपी, ७ वटा भेन्टिलेटर मेशिन, १५ वटा डेन्टल चियर बिग्रेका छन्।

जिउँदै जलाइएकी कञ्चनकाे मृत्यु

पति र सासूले जलाएका जिउँदै जलाएर घाइते भएकी सिरहाकी कन्चन मण्डलको निधन भएको छ। सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचार क्रममा उनको मृत्यु भएको हो ।

बन्ने भाे आगजनी भएकाे कर्णाली अस्पताल

यो भवन देख्दा बिरामी झस्कन्थे। असुरक्षित महसुस गर्दै अस्पतालमा भर्ना हुनसमेत आलटाल गर्दै आइराखेका थिए। आगजनीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको थियो।

नमोबुद्धमा साहित्य बहस

नमोबुद्ध नगरपालिका र रोशी वाङ्मय प्रतिष्ठानले छन्द दिवसको मौका पारेर आयोजना गरेको नमोबुद्ध साहित्य गोष्ठीमा कविता वाचनसहित साहित्यका विविध विषयमा छलफल भयो।

पराराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा पूर्वएआईजी श्रेष्ठ

सरकारले पराराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा सशस्त्र प्रहरीका पूर्वएआईजी राजेश श्रेष्ठलाई नियुक्त गरेको छ।  श्रेष्ठलाई मन्त्रिपरिषदको हालैको बैठकले नियुक्त गरेको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले नागरिकलाई जानकारी दिए।

महजोडीलाई वसुन्धराश्री पुरस्कार

वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यो वर्षको ‘वसुन्धराश्री पुरस्कार’ कलाकार एवं हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ।

अदालतको अवज्ञा गर्दै काममा जुट्यो प्रतिष्ठान

सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले काम थालेको छ। अदालतको अन्तरिम आदेशको बेवास्ता गर्दै कुलपति नारायणभक्त श्रेष्ठ (रायन) ले आफ्नो नियमित काम थालेका हुन्। प्रतिष्ठानका पदाधिकारी र प्राज्ञहरू नियमित हाजिर गर्न थालेका छन्।

क्यानभासमा राेशन विककाे मन्दिर काष्ठकला

चित्रकार रोशन विकको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान (नाफा)का कुलपति केके कर्माचार्यले बिहीबार राजधानीको लाजिम्पाटस्थित अरूपण आर्ट ग्यालरीमा ‘उडन रिफ्लेक्सन’ नामक वाटरकलर चित्रकला प्रदर्शनी शुभारम्भ गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्