२ माघ २०८१ बुधबार
image/svg+xml

सिटिजन्स बैंकको विस्तारित काउण्टर सेवा सुरु

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सिटिजन्स बैंकको विस्तारित काउण्टर सेवा सुरु भएको छ।

वीर अस्पताल एकीकृत स्वास्थ्य सूचना प्रणाली लागू गर्ने प्रक्रियामा

‘यो प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सके बिरामी र अस्पताल दुवैलाई सेवा लिन र दिन सहज हुन्छ’ उनले भने।

महाकवि देवकोटाको ११४ औँ जन्मजयन्तीमा रचना वाचन

कार्यक्रममा कवि देवी नेपालले महाकवि देवकोटाको व्यक्तित्व बारे चर्चा गर्दै देवकोटाको सामाजिक, सांस्कृतिक र जिम्मेवारीको पक्षहरु विभिन्न भएपनि कृतित्वको पक्ष सबैभन्दा बलियो भएको बताए।

त्रिवि र प्रतिष्ठानबीच स्वास्थ बिमा सम्झौता

महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीहरूलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बिमा सेवा उपलब्ध हुने भएको छ।

आँखा शिविरमा चार हजारको जाँच गरिने

महानगरका प्रमुख नागेश कोइरालले नागरिकको स्वास्थ्यप्रति महानगर सचेत रहेको छ भन्दै आगामी दिनमा नगरका अन्य अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाए।

डेंगुबाट विराटनगरमा महिला बढी संक्रमित

देशको विभिन्न स्थानमा डेंगुका कारण बिरामी पर्नेमा पुरुषको संख्या धेरै रहेको बताउँदै, डाक्टर उराँवले भने, ‘विराटनगरको तथ्यांक अन्यत्रको भन्दा फरक रहेको छ। अरु ठाउँ बढी पुरुष संक्रमित भेटिएका छन् भने यहाँ महिला भेटिएको छ। लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमणबाट बढी महिला प्रभावित हुनुको कारण पत्ता लगाउन अध्ययन एवं अनुसन्धान सुरु गरिएको छ।’

प्रज्ञा प्रतिष्ठानमा कुलपति र सदस्यसचिव रिक्त

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायको चार बर्से कार्यकाल आजदेखि पूरा हुँदै छ।

रणबहादुर लिङखिम स्मृति प्रतिष्ठानद्धारा दृष्टिविहिन र मष्तिकघात पीडितलाई सहयोग

प्रतिष्ठानले नेत्रहिन संघ ताप्लेजुङमा आवद्ध ३५ जनाका लागि न्यानो कपडा(ट्रयाक सुट) प्रदान गरेको छ। प्रतिष्ठानका सदस्य समेत रहेका सञ्चारकर्मी दिनेश लिङखिमले नेत्रहिन संघ ताप्लेजुङका अध्यक्ष नरसिंह लिम्बूमार्फत प्राप्त हुन आएको नामावलीका आधारमा उक्त न्यानो कपडा हस्तान्तरण गरिएको जानकारी दिए।

‘अग्नि’का लेखक लम्साललाई धादिङमा सम्मान

‘जिल्लाका लागि मात्र होइन लम्सालको साहित्यलेखन देशकै लागि महत्वपूर्ण योगदान पुगेको छ,’ अधिकारीले भने। भानु प्रतिष्ठान धादिङका अध्यक्ष डाक्टर नविनबन्धु पहाडीले नेपाली साहित्य जगतमा लम्सालले पुर्‍याएको योगदान तथा लम्सालको लेखनशैली र अग्नि महाकाव्यको विषयवस्तु फरक रहेको जिकिर गरे।

जुम्लाका चिकित्सकले दिए सामूहिक राजीनामा

भाद्र २ गते डाक्टर करण साहमाथि प्रतिष्ठानका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका थिए। उक्त घटनालाई अतिरञ्जित बनाइ डा.साहमाथि झुटा मुद्दा दायर गरी पक्राउ पुर्जी जारी गरेपछि तनावको अवस्था सिर्जना भएको हो।

वीपीमा पूर्वरजिष्ट्रारले आवास छाडेन, नवनियुक्त रजिष्ट्रार टेन्ट टाँगेर बस्ने तयारीमा

करिब १० महिनाअघि पदबाट राजिनामा दिएका पूर्वरजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले रजिष्ट्रार बस्ने आवास नछोडेपछि नवनियुक्त रजिष्ट्रार डा.संगौला प्रतिष्ठान परिसरमा टेण्ट टागेर बस्ने तयारी गरेका हुन्।

तिलगंगा आँखा प्रतिष्ठानले प्रिमियम सेवाको समय थप्यो

गत वर्षदेखि सुरु भएको यो सेवालाई सहज बनाउन थप समय थपेको अस्पतालले जानकारी दिएको छ।

कर्णाली प्रतिष्ठानकै कर्मचारीबाट कुटिए डाक्टर

कर्मचारी शाहीलाई डाक्टरकाे कुरा चित्त नबुझेपछि विवाद बढ्न थाल्याे। डा. शाहले तत्काल टाँका काट्न नसकिने बताइरहेका बेला कर्मचारी शाही आक्रमणमै उत्रिए। काममा खटिएका डाक्टरलाई हात हाले। उनले हात मात्रै हालेनन् डाक्टरलाई लात्ती–लात्तीले कुटे।

चिकित्सकविहीन मुगुमा प्रतिष्ठानले पठायो विशेषज्ञ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन मुगुमा विशेषज्ञ डाक्टर पठाएको छ।

स्वास्थ्य सेवा विस्तारका लागि दुई पक्षबीच सम्झौता हुने

महाबै सामुदायिक अस्पतालको एक टोली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिषठानका डा. राजिव शाह, डा. रमेश भट्टराइबीच भएको छलफलमा महाबै सामुदायिक अस्पताललाई स्तर वृद्धि गर्न विशेषज्ञ सेवा सञ्चालन गर्ने सम्बन्धी सम्झौता हुने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्