२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

तिलगंगा आँखा प्रतिष्ठानले प्रिमियम सेवाको समय थप्यो

तिलगंगा आँखा प्रतिष्ठानले आँखा उपचारमा प्रिमियम सेवाको अवधि बढाएको छ। गत वर्षदेखि सुरु भएको यो सेवालाई सहज बनाउन थप समय थपेको अस्पतालले जानकारी दिएको छ। पहिला यो सेवाको लागि विहान ८ बजेदेखि दिउँसो ३.३० बजेसम्म यो सेवा दिइन्थ्यो भने अहिले यो बिहान ८ देखि साँझ ५ बजेसम्मको लागि गरी साढे १ घण्टा थप गरेको छ।  

प्रिमियम सेवाअन्तर्गत आँखा परिक्षणको सवै सेवा एउटै कोठावाट हुने र छिटो हुने व्यवस्था छ। यो सेवामा आँखाको सम्पूर्ण सबै जाँच हुन्छ। गत वर्षदेखि दैनिक ३५ जनालाई मात्र दिने गरेको यो सेवा भदौ १६ गतेदेखि थप १५ जना गरी ५० जनाले यो सेवा पाउनेछन्। यो सेवाको लागि बिरामीले घरमै बसी आफ्नो नाम वेबसाइट र फोन नम्बरबाट दर्ता गराउने व्यवस्था छ। अग्रिम नाम दर्ता  फोन नं. ०१–५९७००४८ एक्स्टेन्सन नं. ३ मा, इमेल premium@tilganga.org र वेभसाइट मार्फत पनि गराउन सकिने प्रतिष्ठानले जनाएकाे छ।  

लाइनमा पालो कुर्न नपर्ने, एउटै कोठाबाटै सबै उपचार सेवा हुने भएकोले व्यस्त सेवाग्राहीको लागि यो सेवा रोजाइमा परेको तिलगंगा आँखा प्रतिष्ठानकी वरिष्ठ जनसम्पर्क अधिकृत सोनु केसीले बताइन्।  

समय नहुने,लामो समय लाइनमा पर्खिन नचाहने सेवाग्राहीको लागि यो सेवा उत्तम विकल्पको रूपमा देखिएको अधिकृत केसीको भनाइ छ।

प्रकाशित: ८ भाद्र २०७९ ०३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App