१२ मंसिर २०८१ बुधबार
image/svg+xml

जनताका लागि भ्याक्सिन नै अन्तिम विकल्प: सामाजिक बिकास मन्त्री राई

विराटनगरबाट स्वास्थ्य सामग्री ल्याएर स्वास्थ्य कार्यालय खोटाङलाई मंगलबार हस्तान्तरण गर्दै सामाजिक बिकास मन्त्री राईले अहिले जनताका लागि चाँडोभन्दा चाँडो भ्याक्सिन उपलव्ध गराउनु नै अन्तिम विकल्प भएको निष्कर्षमा सरकार पुगेको बताएकी हुन्।

अमेरिकी भ्याक्सिन नेपाल लैजान प्रयास भैरहेको छ: राजदुत खतिवडा

नेपालमा कोरोना महामारीबाट निकै क्षति हुँदा पनि कुटनीतिक तहबाट खासै पहल नभएको भन्दै आलोचना भैरहेको बेला राजदुत खतिवडाले आफ्नोतर्फबाट पहल भैरहेको बताएका हुन्।

कोरोना खोप अभियानका लागि विश्व बैंकले नेपालाई ८ अर्ब ७० करोड रुपैयाँ दिने

विश्व बैंकले कोरोना खोप र महामारी नियन्त्रणका लागि ७.५ करोड अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ। यो झण्डै ८ अर्ब ७० करोड रुपैयाँ नेपाली हुन आउँछ। विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले नेपाललाई उक्त वित्तीय सहायता गर्ने निर्णय गरेको हो।

तेस्रो चरण अन्तर्गत समुदायस्तरमा १६ हजारलाई खोप लगाइने

धादिङ जिल्लामा कोरोना भाइरस (कोभिड १९) विरुद्धको तेस्रो चरणको खोप अभियान अन्र्तगत फागुन २३ गतेबाट सुरु हुने भएको छ । समुदायस्तरमा संचालन हुने कोरोना विरुद्धको तेस्रो चरणको खोप अभियानमा १६ हजारलाई खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा.भुवन पौडेलले बताए । सञ्चारकर्मीसंग कोभिड–१९ विरुद्धको खोप अभियानको बारेमा जानकारी दिदै जिल्लाभर १६ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य भएको बताए ।

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप

प्रधानमन्त्री मोदीले भारत बायोटेकको 'कोभ्याक्सिन' खोप लगाएका हुन्। कोभ्याक्सिन नामको यो खोप भारतकाे बायोटेक कम्लेपनीले भारतीय चिकित्सा अनुसन्धान परिषद र नेशनल ईन्स्टिच्युट अफ भाइरोलजीको सहयोगमा उत्पादन गरेको हो।

नेपालले किनेको १० लाख डोज कोरोनाको खोप आइपुग्यो

सरकारले भारतबाट किनेको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ। कोरोनाविरुद्धको १० लाख डोज 'कोभिशिल्ड' खोप आज नेपाल आइपुगेको हो।

जोखिमयुक्त समूहलाई कोभिड भ्याक्सिनमा प्राथमिकता दिन आग्रह

त्रिभुवन विश्व विद्यालयका पूर्वउपकुलपतिहरूले बढी जोखिमयुक्त समूहलाई प्राथमिकता दिएर कोभिड–१९ को खोप लगाउन सरकारसँग आग्रह गरेका छन्। नेपालमा खोपको पहिलो चरण समाप्त हुँदासम्म सबैभन्दा बढी जोखिममा रहेका जेष्ठ नागरिकहरूलाई पूर्णतया उपेक्षा गरेको र दोस्रो चरणसम्म पनि उपेक्षित नै रहेको भन्दै यस्तो आग्रह गरेका हुन्।

दोस्रो चरणको कोरोना खोप अभियान शुरु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो चरणको अभियान आजदेखि सञ्चालन गरेको छ।

कोरोना भ्याक्सिन कसले लगाउने कसले नलगाउने ?

१८ वर्ष माथिका सबैले कोरोना विरुद्धको खोप लगाउन सकिन्छ। मुटु रोग मधुमेह र अन्य दीर्घ रोगका बिरामीले पनि जीवनरक्षाका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन सकिन्छ। खोपको पहिलो मात्राले असर र एलर्जी भयो भने पनि अर्को डोज लगाउनुहुँदैन।

कोरोनाविरुद्धको खोप अनुभव : पहिलो चरणमै खोप पाउँदा भाग्यमानी सम्झेँ

कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट खोप अभियानको शुभारम्भ गरेका हुन्। काठमाडौं उपत्यकमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र सहितसातै प्रदेशमा रहेका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकै साथ खोप अभियान सुरु भएको छ।

श्रीलङ्कामा भारतीय र रूसी खोपलाई अनुमति

सरकारले रूसमा विकास गरिएको स्पुतनिक–भी र भारतमा विकास गरिएको कोभ्याक्सीनलाई प्रयोगका लागि अनुमति दिइएको हो।

लुम्बिनी प्रदेश : ३९ हजारलाई पुग्ने कोरोनाविरुद्धको खोप आइपुग्यो

लुम्बिनी प्रदेशकालागि उपलब्ध गराइएको कोरोनाबिरुद्धको खोप बुटवल आइपुगेको छ। ३९ हजार ४ सय ९५ जनालाई लगाउन पुग्ने ८७ हजार ६ सय ७९ डोज खोप बुटवल आइपुगेको हो।

कोभिड भ्याक्सिनमा भारतले सघाउने

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा तत्काल आवश्यक पर्ने कोभिड भ्याक्सिनको पूर्तिका लागि भारत तयार रहेको बताएका छन्।

कोरोनाको कुन भ्याक्सिनले कति कम गर्छ ?

कोरोना भाइरसविरुद्ध बनेका विभिन्न देशका भ्याक्सिन लगाउन सुरु गरिएको छ। आपतकालिन प्रयोगका लागि ति भ्याक्सिन प्रयोगको अनुमति पाएसँगै लगाउन सुरु गरिएको हो।

कोरोनाको खोप उपलब्ध गराउन स्रोतको अभाव हुँदैन : अर्थमन्त्री

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन्। विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरुपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै उहाँले सरकार खोप आयात तथा वितरणका लागि लागिपरेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्