१२ मंसिर २०८१ बुधबार
image/svg+xml

नेपालमा कोरोना खोपका लागि तयारी गर्न बाँकी नै छ : डा. सुवेदी

विश्वभर पछिल्लो समय तीब्र गतिमा फैलिएको कोरोना भाइरसले मानिसका सम्पूर्ण दैनिक व्यवहारका साथै अर्थतन्त्र नै चौपट पारिरहेको छ। कोरोना भाइरस महामारी नियन्त्रणका लागि ठूला देशमा विभिन्न उपायहरु अपनाउँदा पनि यो नियन्त्रणमा आउन सकेको छैन।

समयमै कोरोनाको निःशुल्क खोप उपलब्ध गराउन छलफल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप ल्याउने कार्यको प्रगति विषयमा विभिन्न मन्त्री र सचिवसँग आज छलफल गरेका छन्।

चिनियाँ भ्याक्सिनको परीक्षण अन्तिम चरणमा, सहज स्टोरेज गर्न सकिने

कोभिड-१९ को दिर्घकालिन उपचारका लागि भ्याक्सिन बनाउन विश्वभर प्रयासहरु भइरहेका छन्। यस्तै छिमेकी देश चीनले गरेको पहल सफलताको नजिक पुगेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्।

कोरोना भाइरसको पहिलो भ्याक्सिनले ९० प्रतिशत ठिक हुने दावी

कोभिड- १९ का लागि बनेको पहिलो भ्याक्सिनले ९० प्रतिशतसम्म काम गर्ने सुरुआती विश्लेषण गरिएको छ। यो भ्याक्सिन औषधी कम्पनी फाइजर र बायोनटेकले बनाएका हुन्। कम्पनीले यो ‘विज्ञान र मानवताका लागि महान दिन’ भएको बताएको छ।

युएईका प्रधानमन्त्रीले कोभिड–१९ को खोप लिए

युनाइटेड अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोभिड–१९ को खोप लिएका छन्।

कोरोना विरुद्धको खोप भारतमा पनि परीक्षण हुने, पहिलो चरणमा १ सयलाई लगाइने

रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन्। यस विषयमा भारतको औषधिसम्बन्धी केन्द्रीय निकाय सेन्ट्रल ड्रग्स् स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसन्स्ले अनुमति दिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।

विश्वका पाँचौं धनी व्यक्ति मास्कले किन भने, ‘म कोरोनाको भ्याक्सिन लगाउँदिन’

अमेरिकाका प्रशिद्ध व्यापारी एन मस्कले कोरोना भाइरसको भ्याक्सिन तयार भएपछि पनि आफुले नलगाउने बताएका छन्। फोर्ब्सका अनुसार स्पेसएक्स र टेस्लाका मालिक मस्क विश्वका पाँचौ धनी व्यक्ति हुन्।

रुसमा बस्ने एक नेपालीले लिए कोरोनाविरुद्धको भ्याक्सिन

रुसमा बस्ने एक नेपालीले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लिएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीका अनुसार मस्कोमा कार्यरत ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको भ्याक्सिन लिएका हुन्।

रुसले बनाएको कोरोना भ्याक्सिनको परीक्षण कहाँ पुग्यो?

रुसले बनाएको कोरोना भाइसविरुद्धको भ्याक्सिन फेरी चर्चामा रहेको छ। 'स्पुतनिक वी' भ्याक्सिन लगाएका सात मानिस मध्ये एक जनामा समस्या देखिएको रुसका स्वास्थ्य मन्त्री मिखाइल मुराशकोले बताएका छन्।

अक्सफोर्डले बनाएको कोरोना भ्याक्सिनको ट्रायल पुन: सुरु गरिने

एस्ट्राजेनेका तथा अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोभिड-१९ को भ्याक्सिनको ट्रायल पुन: सुरु गरिएको छ।

रुसले बनाएको भनिएको कोरोना भ्याक्सिनबारे किन प्रश्न उठ्यो?

करिब दुई महिनाको ट्रायलपछि कोरोना भाइरसको भ्याक्सिन तयार गरेको रुसी राष्ट्रपति भ्लादमिर पुटिनले दाबी गरे। गेमालेया इन्चिच्युटमा विकास गरिएको उक्त भ्याक्सिन उनकै छोरीलाई पनि दिइयो। रुसले उक्त भाइरसको नाम ‘स्पुतनिक बी’ दिइएको छ।

मोर्डनाको कोरोना भ्याक्सिन अन्तिम चरणमा

अमेरिकी औषधि उत्पादक कम्पनी मोर्डनाले प्रस्तावित कोरोना भ्याक्सिन परीक्षण अन्तिम चरणमा पु-याएको छ। त्यसले सोमबारदेखि ३० हजार स्वयंसेवकमा अन्तिम चरणको परीक्षण थालेको छ।

कोभिड–१९: भ्याक्सिन र नयाँ औषधिले आशा जगायो

अक्सफोर्ड विश्वविद्यालयको पछिल्लो भ्याक्सिन परीक्षण नतिजा र इन्टरफेरोन बेटाले कोभिड–१९ परास्त गर्ने दिशामा आशा जागेको छ।

अक्सफोर्डले बनाएको कोरोना भ्याक्सिन सुरक्षित

बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोनो भाइरसविरुद्धको भ्याक्सिन सुरक्षित र प्रतिरक्षा प्रणालीलाई मजबुत पार्ने खालको देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्