३० चैत्र २०८१ शनिबार
image/svg+xml २:४८ पूर्वाह्न

पोखरा स्पोर्टस अवार्ड: प्याराग्लाइडिङका निसिमलाई कीर्तिशेष सम्मान, ह्याण्डबल उत्कृष्ट संघ

खेलकुद पत्रकार मञ्च गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै बीचमा प्याराग्लाइडिङ प्रतिस्पर्धामा रहँदा दुर्घटनामा परी निधन भएका निसिम थापा मगरलाई कीर्तिशेष (मरणोपरान्त)बाट सम्मानित गर्ने निर्णय गरेको छ।

एकैदिन जम्बो चिनियाँ टोलिले गर्यो पोखरामा प्याराग्लाइडिङ

चीनबाट आएको जम्बो टोलीले एकैदिन पोखरामा प्याराग्लाईडिङ गरेपछि पोखरेली पर्यटन व्यवसायी उत्साहित भएका छन। सामुहिक रुपमा नेपाल घुम्न आएका चिनियाँ टोलीले सामुहिक रुपमा प्याराग्लाइडिङ गरेपछि पोखरेली पर्यटन व्यवसायी उत्साहित भएका हुन।

कतारकी राजकुमारीले स्याङ्जामा लिइन् प्याराग्लाइडिङ तालिम

पोखरा आएका धेरै पर्यटक प्याराग्लाइडिङ गर्न रुचाउँछन्। त्यत्ति मात्र नभई प्याराग्लाइडिङ उडान सिक्नकै लागि पनि पर्याप्त विदेशी पाहुना पोखरा आउने गर्दछन। तिनै मध्येकी हाईप्रोफाइल पाहुना कतारकी राजकुमारी आश्मा अल्थानीले पनि केहीदिन अघि स्याङजाको आकाशमा प्याराग्लाइडिङ उडानको प्रशिक्षण लिएकी छिन्। स्याङजाको भीरकोटस्थित द बाबु एडभेन्चर इन्टरनेशनल स्कुलमा उनले प्रशिक्षण लिएकी हुन्।

बिस्थापित हुँदै प्याराग्लाइडिङ पाइलट, गुमनाम जस्तै बन्यो पोखराको प्याराग्लाइडिङ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि सराङकोटको आकाशबाट प्याराग्लाइडिङ मान्द्रेढुंगा सरेको भएपनि अझै लयमा फर्किन नसकेको व्यवसायीले बताएका छन्। पोखराबाट केही बढी दूरीमा उडान भईरहेको प्याराग्लाइडिङबारे अहिले पर्यटन क्षेत्र नै बेखबर जस्तो रहेको पाइलटहरुको पनि गुनासो छ। सिजनको बेलाको उडान पनि सोचेजति हुन नसकेको उनीहरु बताउँछन्।

चितवनमा त्रिशुलीको नागबेली स्वरुप र राजमार्ग नियाल्दै प्याराग्लाइडिङमा उड्न पाइने

पर्यटकीय गन्तव्य चितवनको सौराहा जंगल सफारीका लागि चर्चित छ। जंगलमा सफारी गर्दै जंगली जनावर हेर्ने त्यहाँ पुगेका जोसुकै पर्यटकको चाहना हुन्छ। त्यही अनुसार त्यहाँ पूर्वाधार पनि तयार छन्। तर, अब चितवनको आकाशमा हवाई गतिविधि पनि गर्न पाइने भएको छ। चितवनमा नयाँ पर्यटकीय प्रडक्टको रुपमा प्याराग्लाइडिङ थपिएको छ। प्याराग्लाइडिङमा उड्ने पाहुनाले त्रिशुली नदीको नागबेली स्वरुप र राजमार्ग हेर्दै रमाउन पाउनेछन्।

सराङकोटमा हुने प्याराग्लाइडिङ अब मान्द्रेढुंगाबाट

गत जनवरी १ देखि सराङकोटको आकाशमा प्याराग्लाइडिङ उड्न रोकिएको छ। सराङकोटबाट मान्द्रेढुंगा सरेको प्याराग्लाइडिङको अहिले परीक्षण उडान भइरहेको छ।

प्याराग्लाइडिङः ‘सोलो’ उडानलाई ठाउँ नै भेटिएन

झन्डै तीनमहिनादेखि बन्द रहेको प्याराग्लाइडिङको एकल (सोलो) उडान अझै सुचारु हुन सकेको छैन। हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले गत असोज ३० देखि प्याराग्लाइडिङको सोलो उडानमा प्रतिबन्ध लगाएको थियो। जतिसक्दो छिटो नयाँ ठाउँ खोजेर उडान खुलाउने बताएपनि अझै सुचारु भएको छैन।

पोखराको प्याराग्लाइडिङः मान्द्रेढुंगामा उडेपछि तीनसय फिट भन्दा माथि जान नपाइने

मान्द्रेढुंगाको आकाशमा मात्र प्याराग्लाइडिङ उडाउन पाउने भनेर हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले क्षेत्र तोकिदिएको छ। यसअघि प्याराग्लाइडिङ उडान गर्न पाउने सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा विमानस्थल संचालनमा आएदेखि प्राधिकरणले उडानमा रोक लगाएको छ।

विस्थापित नहुने तर सराङकोटमा उड्न नपाउने

प्याराग्लाइडिङ उडानको सुरुवात नै झण्डै अढाइदशक अघि सराङकोटबाट भएको हो। त्यसपछि नजिकैको तोरीपानी र मान्द्रेढुंगा क्षेत्रको आकाश पनि प्याराग्लाइडिङका लागि खुला भएका थिए तर अब सराङकोट र तोरीपानीबाट भने उडान गर्न नमिल्ने प्राधिकरणले बताएको छ।

सराङकोटबाट हट्ने नै भयो प्याराग्लाइडिङ, दिनमा चारघण्टा मात्र उड्न पाउने

आगामि जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने भएपछि यहाँस्थित सराङकोटको आकाशमा उडान भईरहेको प्याराग्लाइडिङ सधैंका लागि बिस्थापित हुने भएको छ। सराङकोटबाट बिस्थापित भएको प्याराग्लाइडिङ त्यहाँबाट झन्डै ५ किलोमिटर पश्चिमको मान्द्रेढुंगाबाट मात्र उड्न पाउने भएको छ।

प्याराग्लाइडिङ पोखरामै रहिरहने, तर सराङकोटमा उड्न नपाउने

आगामि जनवरी १ (सन् २०२३) देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँदैछ। अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि पोखराको आकाशमा उडान भईरहेको प्याराग्लाइडिङको भविश्य के हुने भन्नेमा सर्वत्र चिन्ता थियो।

पोखराको प्याराग्लाइडिङ : दिनमा तीनघण्टा मात्रै उड्न पाउने

आगामि जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि यहाँको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडान के हुने भन्ने बारेमा अझै यकिन त भईसकेको छैन।

प्याराग्लाइडिङको भविष्य अन्योलमा

पोखरामा आगामी जनवरी एकदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदैछ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आगामी जनवरी एकदेखि उडान थाल्ने गरी केही दिनअघि नै विमानस्थलको यान्त्रिक परीक्षण (क्यालिब्रेसन उडान) पनि गरिसकेको छ।

प्राधिकरणले भन्योः प्याराग्लाइडिङका सबै कम्पनिलाई सराङकोटमा ठाउँ पुग्दैन

झन्डै अढाईदशक अघिदेखि पोखराको आकाशमा उडान थालेको प्याराग्लाइडिङका अहिले ६० कम्पनि छन्।

स्याङजाको मनस्याङकोटबाट प्याराग्लाइडिङको व्यवसायिक उडान

बाबु एडभान्चर प्याराग्लाइडिङ कम्पनिले स्याङजाको वालिङ नगरपालिका–१ मनस्याङकोटबाट प्याराग्लाइडिङको व्यवसायिक उडान अनुमति लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्