२२ वैशाख २०८१ शनिबार
image/svg+xml

प्याराग्लाइडिङः यूरोपदेखि पाइलट आए, तर उड्न पाएनन्

‘पोखराको आकाशमा सोलो उडान गर्नकै लागि भनेर १०–१२ जना विदेशी पाइलट आइसकेका छन्। तर, उनीहरु उड्न पाएका छैनन,’ नेपालकै पहिलो प्याराग्ग्लाइडिङ पाइलट राजेश बमजन भन्छन्, ‘उड्नै भनेर यूरोपदेखि आएका उनीहरु पर्खेर बसेका छन्। तर, प्राधिकरणले अनुमति दिएको छैन। ती पाइलट निराश छन्। कतिपयको पाइसकेको उडान अनुमति पनि रद्द भएको।’

पोखराको प्याराग्लाइडिङः सराङकोटबाट ‘टेण्डम’ मात्र, ‘सोलो’ उड्न नपाउने

पोखराको सराङकोट आकाशमा प्याराग्लाइडिङको व्यवसायिक बाहेक अन्यखालका कुनैपनि उडान गर्न नपाउने गरि नेपालको हवाई सेवाको नियमनकारी निकाय प्राधिकरणले प्रतिबन्ध लगाएको छ। अघिल्लो आइतबार मानवीय क्षति हुने गरि सराङकोटमा प्याराग्लाइडिङ दुर्घटनापछि प्राधिकरणले पाँच बुँदे शर्तअघि सार्दै पहिलो नम्बरमा सराङकोटको आकाशलाई व्यवसायिक उडानमा मात्र उपयोग गर्नुपर्ने भनेको छ। व्यवसायिक उडान मात्र गर्न पाउने भएपछि अब सराङकोटबाट सोलो उडान विस्थापित भएको छ।

पाँच वटा शर्त राखेर प्याराग्लाइडिङ उडानको प्रतिबन्ध खुलाइयो

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा दुर्घटना हुँदा एकजना प्याराग्लाईडिङ खेलाडीको मृत्यु भएपछि रोकिएको देशभरको प्याराग्लाइडिङ उडान आइतबारदेखि खुलेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुर्घटनापछि देशैभरको प्याराग्लाइडिङको सबैखालको उडानमा अनिश्चितकालिन रोक लगाएको थियो।

प्याराग्लाइडिङ प्रतिबन्धबारे प्राधिकरण भन्छः ठूला जहाजको उडान सुरक्षामा सुधार भयो, तर प्याराग्लाइडिङमा भएन

सिजनको मुखमा प्याराग्लाइडिङ उडान बन्द हुँदा व्यवसायीले असन्तोष जनाईरहँदा नेपाल नागरिक उड्डयन प्राधिकरणले भने नेपालको समग्र हवाई उडानको सुरक्षाको लागि केहीदिन उडान रोक लगाएको बताएको छ। हवाई गतिविधिमा सुधार गर्ने क्रममा केहीदिनका लागि उडान बन्द गरेको प्राधिकरणले बताएको छ। प्राधिकरणका अनुसार पोखरामा आइतबार घटेको घटनाको अध्ययन गर्न टिम पनि गठन गरिएको छ। टिमले काम पनि थालिसकेको छ।

निमिसलाई सम्झँदै सकियो प्याराग्लाइडिङ

खेलाडी गुमाउनुको पीडालाई राज्यले थप सम्मान दिने निर्णय गरिएको छ। प्याराग्लाइडिङका खेलाडी थापालाई सरकारले सम्मानस्वरुप स्वर्ण पदक दिएको हो। उनका काका भेनस थापाले पदक लिए। थापाको नाममा पोखरा रङ्गशालामा अर्धकदको सालिक बन्नेछ। बीमाको रकम बाहेक मन्त्रिपरिषदबाट थप सहायताको लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लैजाने मन्त्री महेश्वरजङग गहतराजले जानकारी दिए।

प्याराग्लाइडिङ उडान बन्द गर्नु हतारको निर्णयः व्यवसायी

पोखराको आकाशमा बेलाबेला प्याराग्लाइडिङ दुर्घटना हुँदै आएका थिए। ती दुर्घटनामा बेलाबेला मानवीय क्षति समेत हुने गरेको छ। पछिल्लो आइतबार पनि खेलमा प्रतिश्पर्धा गर्ने क्रममा दुर्घटना हुँदा खेलाडीको ज्यान गयो। दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अनिश्चितकालिन समयका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएकोमा पोखराका पर्यटन व्यवसायीले असन्तोष जनाएका छन्। जतिसक्दो छिटो प्रतिबन्ध फुकुवा नगरे आन्दोलन गर्ने समेत व्यवसायीको चेतावनी छ।

फेवातालमाथिबाट जहाजलाई ‘लेफ्ट टर्न’ गर्न सके प्याराग्लाइडिङ जोगिन सक्ने

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिलेसम्मको फ्लाइट प्रोस्युडर डिजाइनमा विमानस्थलमा पूर्वबाट अवतरण गर्ने जहाजले ‘एप्रोच’ गर्न नसकेमा वा पश्चिम हुँदै उडान हुँदाको अवस्थामा फेवातालमाथिको आकाशमा पुगेपछि जहाजले सराङकोटलाई बायाँ पार्दै दायाँ मोडिनेगरि डिजाइन गरिएको थियो। त्यसले गर्दा सराङकोटको आकाशको प्याराग्लाइडिङ हट्नैपर्ने बाध्यकारी हुन्थ्यो। तर, पोखरेली व्यवसायीको ब्यापक गुनासोपछि जहाजले सराङकोटलाई दायाँ छाडेर बायाँतर्फ मोडेर फ्लाइट प्रोस्युडर डिजाइन बनाउन सकिनेबारे अध्ययन भईरहेको छ।

प्याराग्लाइडिङलाई त हट्न भनियो, तर हेलिकप्टर, अल्ट्रालाइट र जाइरोकप्टर कहाँ जाने?

हवाई क्षेत्रको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनवरी एक अघि नै पोखराको आकाश खालि गर्न प्याराग्लाइडिङलाई भनिरहँदा पोखराको चालु विमानस्थलबाट सेवा दिईरहेका अल्ट्रालाइट, हेलिकप्टर, जाइरोकप्टर लगायतका पर्यटकीय प्रडक्टलाई कसरी व्यवस्थापन गर्ने भन्ने अझै निर्णय भएको छैन।

पोखराको प्याराग्लाइडिङलाई कायमै राख्न उपाय खोज्छौँ: मन्त्री श्रेष्ठ

'पोखराको ब्राण्ड बनिसकेकाले पर्यटन व्यवसायीले प्याराग्लाइडिङको संरक्षणको माग गर्नुभएको छ। विमानको सुरक्षामा कुनै सम्झौता गर्नु हुँदैन। सुरक्षामा असर नपर्ने गरी प्याराग्लाइडिङ व्यवसाय कुनै उपाय हुँदासम्म कायम गर्नुपर्दछ भनेर लागि परेका छौँ।'

प्याराग्लाइडिङः बिस्थापितको त्रासमा पदकधारी खेल

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण पोखराको आकाशमा झन्डै अढाईदशकदेखि भईरहेको प्याराग्लाइडिङको व्यवसायिक उडान अनिश्चित भईरहँदा खेलकुदको क्षेत्रमा भने यही प्याराग्लाइडिङले दिलाएको पहिचान भिन्दै छ। त्यसैले केहीगरि पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडान बिस्थापित भएमा त्यसले पर्यटनमा मात्र नभई खेल क्षेत्रमा कमाएको ख्यातीमा पनि प्रभाव पार्ने चिन्ता खेलकर्मीको छ।

‘हामी सुध्रेनौं, त्यसैले विस्थापित हुने अवस्था आयो’

केही दिनअघि एक औपचारिक कार्यक्रममा नेपाल प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष विमल पहारीले गुनासो पोखे।

प्याराग्लाइडिङ व्यवसायी र पाइलट भन्छन्ः हामी सुध्रेनौं, त्यसैले विस्थापित हुने अवस्था आयो

प्याराग्लाइडिङका पाइलट र व्यवसायीका अनुसार यो क्षेत्रमा बग्रेल्ती समस्या थिए। तिनै समस्या बेलैमा समाधान नहुँदा पोखराको आकाशबाट सधैंका लागि बाहिरिनुपर्ने अवस्था आउन थालेको उनीहरुको स्वीकारोक्ति छ। पछिल्लो दुई वर्ष मिलेर काम गर्न सकेको भए नियमनकारी निकाय पनि पोखरामै प्याराग्लाइडिङ उडानलाई राखिरहन बाध्य हुने अवस्था आउन सक्ने भएपनि त्यो समय गुज्रिसकेको उनीहरुको भनाई छ।

प्याराग्लाइडिङ विस्थापन नभई व्यवस्थापन गर्न व्यवसायीको माग

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसिक पर्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने कुराले प्याराग्लाइडिङ व्यवसायीलाई चिन्तित बनाएको छ।

प्याराग्लाइडिङ बिस्थापन विवादः कहाँ जाने टुंगो छैन

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधान अनुुसार अन्तर्राष्ट्रिय विमानस्थलबाट १० नटिकल माइलभित्र प्यारागलाइडिङ उडान गर्न पाँइदैन। सम्भावित ठानिएका पोखरा नजिकैको डिकीडाँडा, लाचोक, घाचोक, भेँडाबारी पनि १० नटिकल माइ भित्रका ठाउँ भएपनि सराङकोट भन्दा केही पर पर्ने भएकोले प्राविधिक रुपमा सहजीकरण गराउन सके उडान सम्भव हुने पाइलटहरु बताउँछन।

प्याराग्लाइडिङ व्यवसायीको अनुरोधः १० देखि १२ बजेसम्मको समय हामीलाई देउ

विमानस्थल सञ्चालनसँगै प्याराग्लाइडिङलाई विस्थापित नगरी स्थापित गर्नुपर्ने उनीहरुको भनाइ छ। बरु, थप अनुशासनमा बसेर उडान गर्न आफूहरु तयार रहेको उनीहरु बताउँछन्। विमानस्थलको उडान र अवतरणलाई धेरै समय अप्ठेरो नपार्ने गरी दिनमा दुई घण्टा (बिहान १० देखि १२ बजेसम्म) समय प्याराग्लाइडिङ उडानका लागि छु्ट्याइदिन उनीहरुको आग्रह छ। प्याराग्लाइडिङ विस्थाति भए पोखराको साहसिक पर्यटनले ठूलो क्षति व्यहोर्नुपर्ने उनीहरुको तर्क छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्