६ आश्विन २०८१ आइतबार
image/svg+xml

धादिङको भूमेस्थानमा जीप दुर्घटना, चालकसहित तीनको मृत्यु

पृथ्वी राजमार्गअर्न्तगत धादिङको भूमेस्थान-६ कोइरालेमा स्कार्पियो जीप दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ। पश्चिमबाट काठमाडौँ आउँदै गरेको ग२च ४५७२ नम्बरको जीप अनियन्त्रित भई सडकबाट खसेको हो।

हात्तीको आक्रमणबाट एकको मृत्यु

पर्साको निर्मलबस्ती गाविसमा गएराति जङ्गली हात्तीको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको छ। वनबाट आएको हात्तीले आक्रमण गर्दा निर्मलबस्ती गाविस–४, सिकारीवास टोल निवासी ४५ वर्षीय रोघाई चौधरीको मृत्यु भएको हो।

स्याङ्जामा ढिस्कोले पुरिएर मजदुरको मृत्यु

माटोको ढिस्कोले पुरिएर स्याङ्जाको भीरकोट–३ अर्चले पाखामा बुधबार अपराह्न एक मजदुरको मृत्यु भएको छ।

गाँजा खाएका दाजु-भाइको झगडामा खुकुरी लागेर बाबुको मृत्यु

सुनसरीको बकलौरी–१ का ४८ वर्षीय कृष्णकुमार गौतमको मृत्यु आफ्नै छोराको हातबाट भएको शङ्कामा प्रहरीले गौतम परिवारका सबै सदस्यलाई पक्राउ गरेको छ ।

प्यूठानमा बस दुर्घटना, एकको मृत्यु

प्यूठानमा बस दुर्घट्ना हुँदा एकजनाको मृत्यु भएको छ। एकजना घाइते छन्। बुधबार दिउँसो दाङको भालुवाङबाट प्यूठानको दरभानतर्फ आउँदै गरेको ना ३ ख ७०३३ नम्बरको मिनी बस बांगेशाल–६ धारखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ।

मेसिनमा बेरिएर कोरियामा एक नेपालीको मृत्यु

रोजगारीका लागि दक्षिण कोरिया पुगेका सुर्खेतका एक युवकको मृत्यु भएको छ। साटाखानी–५ चौरासेका उत्तम पंगालीको मंगलबार बेलुका स्थानीय समय अनुसार ४ः५० मा मृत्यु भएको हो।

चावहिलमा दुर्घटना, कलेज छात्रको मृत्यु

काठमाडौँ महानगरपालिका–७ मित्रपार्कमा भएको मोटरसाइकल दुर्घटनामा एक कलेज छात्रको मृत्यु भएको छ।

रामेछापमा ट्रिपर दुर्घटना हुँदा चार जनाको मृत्यु

रामेछापको खाँडादेवी—१ धुरेनखोपमा गएराति ट्रिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। राति करिब ८ः३० बजे गाल्पामा गिट्टी झारेर चोप्राङ फर्किंदै गरेको बा २ ख ६८८८ नम्बरको ट्रिपर सडकबाट करिब अढाई सय मिटर तल खसेको हो।

चिसोले किशोरीसहित तीनको मृत्यु

शीतलहर थेग्ने न्यानो लुगा अभावमा आइतबार राति १३ वर्षीयाकिशोरीले ज्यान गुमाएकी छिन्। सप्तरी,हनुमाननगर–योगिनिमाई नगरपालिका‘टापु गाउँ’ गोबरगाढाकीमुनचुन मुखियापुत्री १३ वर्षीयावन्दनकुमारीको न्यानो कपडा अभावले मृत्यु भएको हो।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, तीनजना घाईते भएका छन्। दाङको सितलपुरबाट तुलसीपुरतर्फ आउदै गरेको लु २ त ३२८२ नम्बरको ट्याक्टर जसपुर नजीकै पल्टीँदा त्यसमा सवार तुल्सीपुर १८ नीवासी ३३ बर्षीय कमला चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

चक्रवातमा परी भारतमा दशको मृत्यु

भारतको दक्षिणी क्षेत्रमा पर्ने प्रविधि केन्द्रको रुपमा चिनिएको चेन्नइमा आएको चक्रवातमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । प्रति घण्टा १४० किलोमिटरभन्दा बढी दरले आएको ‘भरदा’ नामक चक्रवातका कारण केही घरहरुमा क्षति पुगेको र विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्