१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चट्याङ लागेर एकको मृत्यु, सातजना घाइते

बझाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। गए राति जयपृथ्वी नगरपालिका– ६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो।

चट्याङमा घाइते हुने एकजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकी सामान्य घाइते भएका प्रहरीले जनाएको छ।

घाइते हुनेमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति सिंह, ३० वर्षीय धीरेन्द्रबहादुर सिंह, उहाँकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह, ४० वर्षीया पञ्चादेवी सिंह, उहाँको छोरा ९ वर्षीय नितेश सिंह र छोरी १३ वर्षीया लक्ष्मी सिंह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीका अनुसार घाइतेमध्ये लक्ष्मी सिंहको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ। स्वर्गीय सिंहको शव परीक्षणका लागि जिल्ला पुर्‍याउने तयारी भइरहेको छ।

–रासस

प्रकाशित: १० चैत्र २०८० १०:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App