१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जुम्लामा तीन जनाको मृत्यु

जुम्लामा दुई वर्षको अवधिमा तीनजना क्षयरोगीको मृत्यु भएको छ। गत आर्थिक वर्ष २०८९/८० मा तीनजना क्षयरोगीको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको हो। यससँगै उपचारका लागि सम्पर्कमा नआएका क्षयरोगीको संख्या धेरै हुन सक्ने जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ।

क्षयरोग दिवसको पूर्वसन्ध्यामा पत्रकार तथा सरोकारवालासँग छलफलमा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो। जनस्वास्थ्य कार्यालय, जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार जुम्लाको चन्दननाथ नगरपालिकाभित्रका दुईजना र पातारासी गाउँपालिकाभित्रका एकजनाको क्षयरोगका कारण ज्यान ज्यान गएको हो।

गत आवको तथ्यांकअनुसार जुम्लामा १०६ जना क्षयरोगी फेला परेका थिए जसमध्ये ५३ महिला र ५३ पुरुष छन्। यस्तै चालु आवको साउनदेखि फागुन मसान्तसम्ममा ४५ जना क्षयरोगी देखिएका छन्। त्यसमध्ये २१ पुरुष र २४ महिला क्षयरोग संक्रमित छन्।

गत आव २०८९/८० मा कनकासुन्दरीमा ६, सिंजामा नौ, गुठिचौरमा आठ, हिमामा १२, तिलामा १३, तातोपानीमा १४, पातारासी गाउँपालिकामा १८ र चन्दननाथ नगरपालिकामा २६ जना फेला परेका थिए। यस्तै चालु आव २०८०/८१ मा कनकासुन्दरीमा सात, सिंजामा तीन, गुठिचौरमा चार, हिमामा ९, तिला ६, तातोपानीमा ६, पातारासी गाउँपालिकामा सात र चन्दननाथ नगरपालिकामा १० जना फेला परेका छन्। ती, क्षयरोगी अहिलेसम्म उपचारको दायरामा नआएको स्वास्थ्यकर्मी बताउँछन्।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सूर्तिजन्य पदार्थ सेवन रोक्नसके क्षयरोगबाट बच्च सकिने बताए। नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले ग्रामीण क्षेत्रमा क्षयरोगी धेरै रहेको बताए। स्वास्थ्यकर्मीले गाउँ–गाउँमा पुगेर तथ्यांक संकलन गर्नुपर्ने जानकारी दिए।

प्रकाशित: ११ चैत्र २०८० ०७:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App