१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

महाकाल मन्दिरको गर्भगृहमा आगलागी हुँदा पुजारीसहित १३ जना घाइते

भारतको मध्य प्रदेशमा रहेको महाकाल मन्दिरको गर्भगृहमा आगलागी हुँदा १३ जना घाइते भएका छन्।

उज्जैनस्थित भारतको प्रसिद्ध धार्मिक स्थलमध्यको एक महाकाल मन्दिरमा आइतवार सन्ध्याँ आरतीको क्रममा आगलागी हुँदा पुजारीसहित १३ १३ जना घाइते भएका हुन्।

भारतीय सञ्चार माध्यमहरूका अनुसार नियमित भस्म आरती भइरहँदा र होलीको अवसरमा अबिर फ्याक्दा आगलागी भएको हो।

उज्जैन प्रहरीका अनुसार आगलागी पश्चात भागदौड हुँदा १३ जना घाइते भएका छन् र सबैलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।

प्रकाशित: १२ चैत्र २०८० ०९:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App