८ आश्विन २०८१ मंगलबार
image/svg+xml

बसको ठक्करबाट वृद्धाको मृत्यु

मोरङमा आज बिहान यात्रुबाहक बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । सुन्दरदुलारी–२ स्थित गणेशचोकमा भएको घटनामा सुनसरीको इटहरी– ३ बस्ने ८४ वर्षीया मनमाया ढकालको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

धादिङको लापाङमा बस दुर्घटना, १७ काे मृत्यु

धादिङबेसीबाट किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गाविस–६ लापाङमा दुर्घटना भएको छ। धादिङ कांग्रेस सभापति रमेश धमलाका अनुसार साे दुर्घटनामा मृत्यु हुनेकाे संख्या १७ पुगेकाे छ। सबै घाइतेलाइ हेलिकप्टरमार्फत राजधानी ल्याइएकाे छ।

घाँस काट्ने विषयमा विवाद भइ कुटाकुट हुँदा एकजनाको मृत्यु

सुनसरीको नरसिंह गाविसमा दुई पक्षबीच सोमबार साँझ विवाद हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अफरोज खातुन रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पुणेमा नेपाली कामदारको मृत्यु, शव लिन गएका परिवारजन ४८ घण्टा देखि सम्पर्कविहीन

भारतको महाराष्ट्र राज्य अन्तर्गत पर्ने पुणे शहरको नानेकरबाडीस्थित मधुवन ट्रेडर्स स्टिल प्रालिममा कार्यरत सप्तरीको हनुमाननगर–योगिनिमाई नगरपालिका एक कामदारको रहस्यमय मृत्यु भएको छ। यता मृत्युको खवर पाए लगत्तै शव बुझन् गएका पीडित परिवारका तीन सदस्य पछिल्लो ४८ घण्टादेखि सम्पर्क विहीन भएका छन्।

जिपमा सवार तीनको मृत्यु, पूर्वगृहमन्त्री घिमिरेसहित तीन बेपत्ता

पूर्वगृहमन्त्री माधव घिमिरेसहित सात जना चढेको जिप आइतबार त्रिशूलीमा खस्दा तीन जनाको निधन भएको छ । घटनामा पूर्वगृहमन्त्री घिमिरेसहित तीन जना बेपत्ता छन् । प्रहरीका अनुसार चालकको जीवितै उद्धार गरिएको छ ।

दुर्घटनामा एकको मृत्यु, चार घाइते

मोरङको कदमाहस्थित रङ्गेली–विराटनगर सडकखण्डमा गएराति स्कुटर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु हुनाका साथै अन्य चारजना घाइते भएका छन् ।

भारतीय मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

रौतहटको सदरमुकाम गौरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ । गौर चन्द्रनिगाहपुर सडक खण्ड अन्र्तगतको वडा नम्बर ११ सिसवा चोकमा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको हो ।

वाणगङ्गा नदीले बगाउँदा दुईको मृत्यु

वाणगङ्गा नदीमा गए राति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मृत्युृ हुनेमा वाणगङ्गा नगरपालिका–१४ मधुवनका ४५ वर्षीय भीम अर्याल र उनकी भाउजु ५९ वर्षीया लीला जिसी भएको प्रहरीले जनाएको छ ।

जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो, गाडी चालक र मालिक फरार

जुम्ला सिंजाको गोठिज्यूलादेखि मुगु गमगढी जाँदै गरेको को १ च ३०९९ नम्बरको पिकअप भ्यान कनकासुन्दरी ६ हाडसिंजामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा परी घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो भने एक जनालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएकोे प्रहरी निरीक्षक कलेन्द्र शाहीले जानकारी दिए ।

अमेरिकमा एक सपिङ सेन्टरमा गोली चल्दा ४ जनाको मृत्यु

अमेरिकाको एक सपिङ सेन्टरमा गोली चल्दा ४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। वासिङटन राज्यको बुलिङटनमा रहेको एक सपिङ सेन्टरमा अज्ञात व्यक्तिले गोली चलाउँदा ४ जनाको मृत्यु भएको बताइएको छ ।

स्कार्पियो दुर्घटनामा दुईको मृत्यु

मस्याम– ४, चर्चरे, पाल्पामा शुक्रबार राति स्कार्पियो दुर्घटनामा हुँदा दुईको मृत्यु भएको छ । बा १४ च ९३६४ नम्बरको गाडी दुर्घटना हुँदा तम्घास, गुल्मीका ५५ वर्षीय रामप्रसाद पन्थ र सोही स्थानका ४७ वर्षका कृष्ण भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

जहाजभित्र अाकाशमै बिरामीको मृत्यु

उच्च रक्त श्रावका कारण चौरजहारीबाट काठमाडौंका लागि उडेको हवाई जहाजमा एक महिलाको मृत्यु भएको छ। चौरजहारी नगरपालिका–५ लापुलेगाउँकी ५४ वर्षकी वसन्ता केसीको मृत्यु भएको हो।

पानी तान्ने माेटरकाे तार मिलाउँदा करेन्ट लागेर युवकको मृत्यु

पर्साको कौवावनकटैया गाविसमा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

आफ्नै स्कुलको बसले किच्दा बालिकाको मृत्यु

आफ्नै विद्यालयको बसले किच्दा महादेवपुर–६ बालापुरस्थित गौतम बोर्डिङ स्कुलमा अध्ययनरत ४ वर्षीय बालिकाको ज्यान गएको छ। विद्यालयको भे १ ख ८४३ नम्बरको स्कुल बसले किच्दा युकेजीमा अध्ययनरत नम्रता खड्काको ज्यान गएको हो।

जुम्ला जिप दुर्घटना, २ को मृत्यु ६ घाइते

कालिकोट जिल्लाको सीमाना नजिकै रहेको जुम्लाको नग्मा बजारदेखि मुगु जिल्लाको गम्गडी जाँदै गरेको को १ च ३०९९ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ। अन्य ६ जना घाइते छन्। घाइते मध्ये २ को अवस्था गम्भीर रहेको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्