८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

आफ्नै स्कुलको बसले किच्दा बालिकाको मृत्यु

कोहलपुर– आफ्नै विद्यालयको बसले किच्दा महादेवपुर–६ बालापुरस्थित गौतम बोर्डिङ स्कुलमा अध्ययनरत ४ वर्षीय बालिकाको ज्यान गएको छ। विद्यालयको भे १ ख ८४३ नम्बरको स्कुल बसले किच्दा युकेजीमा अध्ययनरत नम्रता खड्काको ज्यान गएको हो।

विद्यालय पढाई सकेर बरमा घर गैइरहेकी बालिका झर्ने क्रममा बसले किचेको थियो। टाउकोमा बसले किच्दा उनको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनायो।

बस चालकको लापरवाहीले चार बर्षीय खड्काको मृत्यु भएकोे प्रहरीले ठहर गरेको छ। बेलुका चार बजेतिर आफ्नै स्कुलको बसले बालिकालाई किचेको थियो।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित: ७ आश्विन २०७३ १२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App