८ आश्विन २०८१ मंगलबार
image/svg+xml

चट्याङ लागेर २ जनाको मृत्यु

चट्यांङ लागेर शुक्रबार माेरङमा २ जनाकाे ज्यान गएकाे छ। जिल्लाको वाराङ्गी–२ तीनकटेरी बस्ने २० वर्षीया कमला राईको आफ्नै घरमा पानीसँगै परेको चट्याङ लागेर शुक्रबार घटनास्थलमै मृत्यु भएको छ।

पदमार्गमा लगातार पहिरो, ४ को मृत्यु, ६ गम्भीर

उत्तरी गोरखाको केरौँजा–९ दोभाननजिकै बिहीबार पहिरोमा चार जनाको मृत्यु भएको छ। पहिरोमा १३ घाइते छन्, तीमध्ये ६ गम्भीर छन्। मृत्यु हुनेमा एक स्पेनिस पर्यटक, उनीसँगै रहेको पथप्रदर्शक ३५ वर्षीया दोर्जे लामा, ३० वर्षका छिरी शेर्पा र क्यान नेपालका कर्मचारी वर्ष २५ कि रञ्जना बस्नेतको पहिरोमा परी मृत्यु भएको हो। घाइतेको राजधानीस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।

जितिया नुहाउन गएकी महिलाको पोखरीमा डुबेर मृत्यु

आफ्नो छोराको दीर्घायुका लागि गरिने जितिया पर्वको अघिल्लो दिन नुहाउन जाँदा पोखरीमा डुबेर रौतहटमा एक महिलाको मृत्यु भएको छ। रौतहटको बगही वार्ड नम्बर १ की २१ वर्षीया सीमा सहनीको गाउँकै पोखरीमा डुबेर बिहीवार मृत्यु भएको हो।

उत्तरी गोरखामा पहिरो, विदेशीसहित चारको मृत्यु

उत्तरी गोरखाको केरौंजा– ९ दोभान भन्दा तल पुलपारि पहिरोमा परी बिहीबार चार जनाको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन्। बिही गाविसबाट फर्कँदै गर्दा एक जना बिदेशी स्पेनिस नागरिकसहित गाइड ३५ वर्षका दोर्जे लामा, ३० वर्षका छिरि शेर्पा र क्यान नेपाल नामक संस्थाकी कर्मचारी ओखलढुङ्गाकी वर्ष २५ कि रञ्जना बस्नेतको पहिरोमा पुरिएर मृत्यु भएको घटनास्थल पुगेको प्रहरीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

सिङ्गीयाले बगाएर महिलाको मृत्यु, बक्राहाले सयौं घर डुबानमा

विराटनगर–१३ स्थित सिङ्गीया खोलाले बगाएर बुधबार एक महिलाको मृत्यु भएको छ। नाम, थर, वतन खुल्न नसकेकी अन्दाजी ४०/४५ वर्षकी महिलालाई खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

इजिप्टमा आप्रवासी चढेको डुङ्गा दुर्घटना २९ जनाको मृत्यु

इजिप्टमा अफ्रिकी आप्रवासी चढेको डुङ्गा पल्टँदा २९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

पहिरोले पुरेर एकको मृत्यु, अर्का घाइते

पहिरोले पुरेर धनकुटाको पाख्रिबासमा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। रातिदेखि लगातार वर्षा भएका कारण बुधबार बिहान घरमाथि झरेको पहिरोले पाख्रिबास नगरपालिका ८ खोलाखर्ककी ५३ वर्षीया नरमाया कार्कीको घटना स्थलमा नै मृत्यु भएको हो।

पहिरोमा पुरिएर एकको मृत्यु, पाँच घाइते

वर्षाका कारण पहिरो जाँदा गुल्मीको शान्तिपुर गाविसमा एक व्यक्तिको मृत्यु भएको छ भने थप पाँचजना घाइते भएका छन् । पहिरोले पुरिएर ज्यान जानेमा शान्तिपुरको बसपार्कमा ग्रिल उद्योग सञ्चालन गर्दै आएका जुनिया–५ निवासी ३१ वर्षीय दुर्गााबहादुर थापा रहेका छन् ।

माछा मार्न गएका युवककाे बगेर मृत्यु

जिल्लाको रारालिही गाविस– ३ मा रहेको तिला नदीमा माछा मार्न गएका एकको बगेर मृत्यु भएको छ। चन्दननाथ नगरपालिका– ५ का ४३ वर्षीय मनबीर सार्कीको बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक कलेन्द्र विक्रम शाहीले जानकारी दिए ।

चट्याङ लागेर १ को मृत्यु, ७ घाइते

जुगु–६ च्यानडाडाँमा मलामी जाने क्रममा मंगलबार चट्याङ पर्दा जुगु–३ डाडाँगाउँ बस्ने २९ वर्षीय मोहनबहादुर कार्कीको मृत्यु भएको छ।

चट्याङ लागेर मलामी गएका युवकको मृत्यु

मंगलबार दिउँसो परेको चट्याङले जिल्लाको जुंगु गाविसमा एक युवकको मृत्यु भएको छ । छिमेकीको दाहसंस्कारका लागि मलामी गएका जुंगु– ३ का मानबहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

फोरम नेताको मृत्यु

संविधान सभा निर्वाचन २०७० मा संघीय समाजवादी फोरमको तर्फबाट प्रत्यक्ष तर्फका उम्मेदवार खड्कबहादुर शाहीको निधन भएको छ। जिल्लाको कुडारी–५ निवासीमा जन्मेका शाहीको उपचारकै क्रममा भारतको लखनऊमा निधन भएको हो।

छुट्टाछुट्टै घटनामा भक्तपुरमा छ जनाको मृत्यु

पोखरी र घरमा बनाइएको भूमिगत पानी ट्यांकीमा डुबेर दुई बालकको सोमबार साँझ ज्यान गएको छ । काभ्रेपलाञ्चोक मङ्गलटार घर भई हाल भक्तपुर नगरपालिका–४ नागपोखरी बस्दै आएका जङ्गे तामाङका दुई वर्ष चार महिनाको छोरा अनिल नजिकैको पोखरीमा डुबेपछि उपचारका लागि सिद्धिस्मृति अस्पताल लगिएकामा उपचारकै क्रममा निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक प्रकाश विष्टले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्