८ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रकोपको पीडा : एकैदिन १० को मृत्यु

देशका विभिन्न भागमा भएका प्राकृतिक प्रकोपका घटनामा सोमबार १० जनाको मृत्यु भएको छ। मोरङमा चट्याङ लागेर तीन, कैलालीमा नदीमा डुबेर तीन र बाग्लुङमा पहरो फुटेर खसेको ढुंगाले च्यापिएर चार जनाको ज्यान गएको हो।

चट्याङ लागेर ३ बालबालिकाको मृत्यु

मोरङको कोशी हरैंचा नगरपालिका —१ स्थित बाघ झोडामा चट्याङ लागेर तीन जना बालबालिकाको मृत्यु भएको छ। चट्याङ लागेर घाइते भएका ५ जना बालबालिका मध्ये तीन जनाको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ।

थाइल्याण्डमा डुङ्गा दुर्घटना १३ जनाको मृत्यु

थाइल्याण्डको चाओ प्राया नादिमा भएको डुङ्गा दुर्घटनामा १३ जनाको मृत्य¬ भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । स्थानीय अधिकारीहरुले उक्त डुङ्गा नदिको पुलमा ठोक्किँदा दुर्घटना भएको बताएका छन् ।

बस, जीप र एम्बुलेन्स ठोक्किँदा एकको मृत्यु, चार घाइते

पूर्व पश्चिम राजमार्गको चितवन टिकौलीमा आइतबार दिउँसो बस, एम्बुलेन्स र जीप एक आपसमा ठक्कर खाँदा एक जनाको निधन भएको छ। सो घटनामा अन्य चारजना घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बेल्जिममा पहिलोपल्ट एक बालकको स्वेच्छिक मृत्यु

बेल्जियममा पहिलोपल्ट एक बालकलाई स्वेच्छाले मृत्यु रोज्न दिइएको छ। बेल्जियमको संसदले प्राणघातक रोगले ग्रसित मानिसले स्वेच्छाले मृत्यु रोज्न पाउने कानुनमा रहेको उमेरहदको बन्देज हटाएपछि ती बालकलाई इच्छा अनुसार मृत्युवरण गर्न दिइएको हो।

भारत अधिनस्थ काश्मिरमा आक्रमण १७ सैनिकको मृत्यु

भारत अधिनस्थ काश्मिरमा रहेको सैनिक प्रमुख कार्यालयमा आइतबार आतङ्ककारीद्धारा भएको आक्रमणमा परी १७ सेनाले ज्यान गुमाएका छन् ।

दुर्घटनामा शिक्षकको मृत्यु

गएराति दाङको एयरपोर्ट नजिक शीत्तलपुरबाट तुलसीपुरतर्फ आइरहेको रा१ख ७८४ नंको बसले रा१प ७८१४ नंको मोटरसाइकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका एक शिक्षकको आज बिहान उपचारका क्रममा राप्ती अञ्चल अस्पताल, तुलसीपुरमा मृत्यु भएको छ ।

भलले बगाएर एकको मृत्यु, एक बेपत्ता

पोखरामा शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण बजारमा आएको भलले बगाउँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्।

दुर्घटनामा शिक्षकको मृत्यु

गएराति दाङको एयरपोर्ट नजिक शीत्तलपुरबाट तुलसीपुरतर्फ आइरहेको रा१ख ७८४ नंको बसले रा१प ७८१४ नंको मोटरसाइकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका एक शिक्षकको आज बिहान उपचारका क्रममा राप्ती अञ्चल अस्पताल, तुलसीपुरमा मृत्यु भएको छ।

यस्ता फ्यान जसले मृत्यु शैयामा म्यानचेस्टर युनाइटेडका खेलाडीलाई भेटे

म्यानचेस्टर–मृत्यु शैयामा म्यानचेस्ट युनाइटेडका खेलाडीहरुलाई भेटेको ४५ मिनेटमा एक समर्थकको मृत्यु भएको छ।

बाघको आक्रमणबाट एकको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट पूर्वी चितवनको खैरहनी नगरपालिका–११ बस्ने ५२ वर्षीय लेखनाथ (हरि) बर्ताैलाको मृत्यु भएको छ।

उत्तरी जाम्बियामा सडक दुर्घटना, चौबिस जनाको मृत्यु

उत्तरी जाम्बियाको सेरेन्जे सहरमा शुक्रबार भएको सडक दुर्घटनामा २४ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ। शुक्रबार बिहानै ६९ जना यात्रु लिएर उत्तरी सहर नाकोन्डेबाट सेरेन्जेतर्फ हिँडिरहेको बसले घुम्तिमा नियन्त्रण गुमाउदा दुर्घटनाग्रस्त भएको थियो।

मृत्यु संस्कार कम्तीमा तीन दिन, बढीमा पाँच दिन गर्न सुझाव

काठमाडौँ- नेपाल प्रज्ञा प्रतिष्ठान र जनसांस्कृतिक प्रतिष्ठान नेपालको संयुक्त तत्वाधानमा आयोजित मृत्यु संस्कार सुधारका सम्भावना विषयक विचार गोष्ठीमा धार्मिक क्षेत्रका विद्वान्ले परिवर्तित परिवेश, सामाजिक अवस्था, धार्मिक स्थितिमा आएको परिवर्तनलाई विचार गर्दै हिन्दू धर्ममा रहेको १३ दिने मृत्यु संस्कारलाई सुधार गर्दै कम्तीमा तीन दिन र बढीमा पाँच दिनमा मृत्यु संस्कार सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।

मस्जिदमा विस्फोट, १६ को मृत्यु

पेसावर- पाकिस्तानको उत्तरपश्चिममा आदिवासी समुदायको बसोबास रहेको एक बस्तीमा रहेको मस्जिदमा आत्मघाती विस्फोटनमा परी कम्तिमा १६ जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्