१९ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

थाइल्याण्डमा डुङ्गा दुर्घटना १३ जनाको मृत्यु

बैकक– थाइल्याण्डको चाओ प्राया नादिमा भएको डुङ्गा दुर्घटनामा   १३ जनाको मृत्य¬ भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
स्थानीय अधिकारीहरुले उक्त डुङ्गा नदिको पुलमा  ठोक्किँदा दुर्घटना भएको बताएका छन्  । उक्त दुर्घटनामा परी १३ जनाको मृत्यु हुनुका साथै अन्य ३३ जना घाइते भएको थाइल्याण्डको विपद् नियन्त्रण आयोगका प्रमुख ओडाम्सक बाओनुनाले बताए ।

उनले भने, ‘विपरित दिशाबाट आइरहेको अर्को  डुङ्गासँग ठोकिनबाट बचाउनका लागि डुङ्गा साइडमा लैजादाँ डुङ्गा पुलमा ठोकिएको देखिन्छ, यसबारे थप अनुसन्धान हुनेछ ।’ उनले मारिने सबै १३ जना थाई नागरिक रहेको बताए । उनले घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको र सबैको अवस्था सामान्य रहेको बताए ।

 

प्रकाशित: ३ आश्विन २०७३ ०५:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App