पोखरा- पोखरामा शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण बजारमा आएको भलले बगाउँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्।
पोखरा उपमहानगरपालिका वडा नंं १६ लामाचौर, गैराबारीका ५६ वर्षीय कृष्णबहादुर थापाको मृत्यु भएको हो । भलले बगाएर घाइते भएका थापालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरा–१७ विरौटा चोकबाट भलले बगाउँदा एक व्यक्ति बेपत्ता भएका छन् । हुलिया खुल्न नसकेका उनको फेवा सिँचाइ नहर बिरुवा फाँटमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बाढीकै कारण जोखिममा परेका पोखरा–२६ चङ्खपुरका १३ जनालाई प्रहरीले राति नै उद्धार गरेर सुरक्षित स्थानमा लगेको थियो । रासस
प्रकाशित: २ आश्विन २०७३ ०४:३६ आइतबार