८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो, गाडी चालक र मालिक फरार

जुम्ला–जुम्ला सिंजाको गोठिज्यूलादेखि मुगु गमगढी जाँदै गरेको को १ च ३०९९ नम्बरको पिकअप भ्यान कनकासुन्दरी ६ हाडसिंजामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।  दुर्घटनामा परी घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो भने एक जनालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएकोे प्रहरी निरीक्षक कलेन्द्र शाहीले जानकारी दिए ।

अन्य घाइतेको शिक्षण अस्पताल जुम्लामा उपचार भैरहेको प्रहरीले जनाएको छ । भ्यान सडक देखि ७ सय मिटर तल तिला नदीमा खसेको थियो।    सिंजा पाण्डव गुफा ८ बस्ने दलसिंह भण्डारी र पाण्डवगुफा– ९ वस्ने तिलक काफ्लेको घटना स्थलमै मृत्यु भएको थियो भने मालिकाठाटा– १ पुरुको नौसेर रावतको बाटोमै मृत्यु भएको हो। अन्य ५ जना घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको शिक्षण अस्पालले जनाएको छ।

घाइते हुनेहरुमा जुम्ला सिंजा विराट– ८ का रेवती उपाध्याय, देवेन्द्र प्रसाद न्यौपाने, पाण्डवगुफा ८ का नाना भट्ट, मुगु ५ अमर जंग कार्की, मुगुकै रुपक रोकाया रहेको प्रहरीले जनाएको छ।

उकालोमा गाडी नचढेपछि ब्याक गरी  पुन उकालो चढाउन लाग्दा भ्यानको अगाडिको सिटमा सवार गाडी मालिक अमर खत्रीले भ्यानको ढोका खोली हाम फालेपछि, उकालो चढ्ने भ्यानमा चालक गणेश विक आत्तिएर हाम फाल्दा गाडी भिरबाट खसेको घाइते रेवती उपाध्यायले बताए। उनले भने, ‘गाडी मालिकले हाम नफालेको भए चालकले गाडी उकालो चढाइहाल्थे । हाम फाल्दा चालक आत्तिएपछि दुर्घटना भयो।’ गाडी मालिक र चालक घटना स्थलबाट फरार रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: ८ आश्विन २०७३ ०७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App