२८ आश्विन २०८१ सोमबार
image/svg+xml

गाउँमै कृषि शिक्षा सञ्चालन हुँदा विद्यार्थी हर्षित

सल्यानकी रीता ओलीलाई कृषि स्नातक तह पढ्ने सानैदेखिको रहर। घर नजिकै उक्त तहमा पढाइ नहुँदा अरुनै विषय पढ्ने उनको मनसाय बन्दै थियो। तर उनले उक्त मनसाय फेर्नु परेन। उनको जिल्लासँगै जोडिएको कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा कृषि स्नातक तहको पढाइ सुरु भएपछि उनी काठमाडौं जानबाट रोकिइन्।

चिकित्सा शिक्षा मन्त्रालय मातहत

विश्वविद्यालयबाट सम्बन्धन अधिकार खोसियोशिक्षाविद् विद्यानाथ कोइराला भन्छन्– चिकित्सा शिक्षा मन्त्रालयमा केन्द्रित गर्दा झन् भयावह अवस्था निम्तिन सक्छ।

गुणस्तरीय शिक्षाका लागि हाम्रो नभई राम्रो जनशक्तिले स्थान पाउनुपर्छः डीन शर्मा

त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन सङ्कायका डीन प्रा.डा. डिल्लीराज शर्माले गुणस्तरीय शिक्षाका लागि हाम्रो नभई राम्रो जनशक्तिले स्थान पाउनुपर्ने बताएका छन्।

विकासको आधार शिक्षा : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले विकास, समृद्धी र सभ्यताको प्रमुख आधार शिक्षा भएकाले सरकारले विशेष महत्व दिएको बताएका छन्।

देश विकासका लागि विज्ञान र प्रविधि महत्वपूर्ण : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधि उत्पादनको शक्ति भएकाले देशको समृद्धी र विकासमा प्रयोग गर्नुपर्ने बताएका छन्।

शिक्षामा समस्या

दुईवटा अवस्थामा यो विद्यालयमा विद्यार्थी भरिभराउ हुने रहेछन्– एक, सरकारी निकायबाट निरीक्षणका लागि आउने खबर पाएपछि। दोस्रो, परीक्षाका बेला। यी दुई अवस्थाबाहेक शिक्षकसमेत देखिन्नन् यहाँ। उनीहरू आइहाले पनि घरमा कुनै काम नभएपछि अर्थात गफ गर्न मन लाग्यो भने बल्ल आउने गर्दारहेछन्।

पौडेलको स्थानीय पूर्वाधारको सबै रकम शिक्षामा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ६ करोड बजेट शतप्रतिशत शिक्षामा लगानी गरिने भएको छ।

'अशिक्षा नै महिलामाथि हुने हिंसाको प्रमुख कारण'

सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला वडाल जोशीले महिलामाथि हुने हिंसाको प्रमुख कारण अशिक्षा भएको बताएकी छिन्। ‘समानताको पुस्ता स् बलात्कारविरुद्धको ऐक्यबद्धता’ भन्ने नारासहित मङ्गलबार भीमदत्तनगरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले शिक्षित समाज निर्माण गर्नसके मात्रै महिलामाथिका हिंसा हट्ने बताइन्।

अक्षर चिन्दै राउटे बालबालिका

जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका स्पष्ट तीन मानन्यता छन्– लेखपढ नगर्ने, एकै ठाउँमा नबस्ने र खेतीपाती नगर्ने। वषौंवर्षदेखि यही मान्यतालाई आत्मसात् गर्दै आएको राउटे समुदाय अहिले परिवर्तन उन्मुख छ।

शुल्क समायोजन सहमति अमान्य : विद्यार्थी

सरकार र मेडिकल कलेज सञ्चालकहरूबीच भएको शुल्क समायोजनसम्बन्धी सहमतिले आफूहरूलाई थप पीडित बनाएको आन्दोलनरत विद्यार्थीहरूले आरोप लगाएका छन्।

अनुसन्धानमूलक शिक्षा

नेपालको वर्तमान शिक्षा प्रणालीमा समयानुकूल सुधार, अनुसन्धानमुखी शैक्षिक पाठ्यक्रमको अवलम्बन तथा विज्ञान र प्रविधिको जगमा उभिएर राष्ट्र निर्माण गर्नुपर्छ भन्ने धारणा शिक्षाविद्लगायत नेतृत्व वर्गले समेत उठाउने गरेकापाइन्छ। यसका लागि सर्वप्रथम त हाम्रा विश्वविद्यालय सच्चा अर्थमा विश्वविद्यालय हुन जरुरी छ। अन्तर्राष्ट्रिय मान्यताअनुसार सामान्यतया विश्वविद्यालय भन्नाले अनुसन्धानमार्फत् ज्ञान सिर्जना गर्ने थलोका रूपमा बुझिन्छ। तसर्थ विश्वभरिका विश्वविद्यालयलाई समेटेर गरिने स्तर मापन (¥याङ्किङ) मा पनि अनुसन्धान तथा नयाँ ज्ञानको सिर्जनालाई नै मुख्य आधार मान्ने गरिन्छ।

अँध्यारोमा शिक्षा, कागजमै सीमित मौलिक हक

देशमा गणतन्त्र आएर घरछेउमा सरकार आए पनि रोल्पाको शैक्षिक अवस्थामा भने कुनै सुधार हुन सकेको छैन। हिजो केन्द्र सरकारले टाढा भएकाले आँखा नपु-याएको भनेर आरोप लाग्ने गरेको भए पनि आज गाउँको सरकारले पनि ध्यान नदिएको गुनासो आउन थालेको हो।

दलका कार्यकर्तालाई मतदाता शिक्षामा खटाएको भन्दै आपत्ति

पार्टीको झण्डा बोक्ने कार्यकर्तालाई मतदाता शिक्षा दिन गाउँगाउँमा परिचालन गरेको भन्दै उपनिर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले निष्पक्ष व्यक्ति परिचालन गर्न माग गरेका छन्।

खुल्न थाले छात्रा, शिक्षकसंगै माग्छन्,स्यानेटरी प्याड

सल्यानको कपुरकोट गाउँपालिकाले साढे १० हजार स्यानेटरी प्याड विद्यालयमा उपलब्ध गराएको छ। विद्यालयमा अध्ययन गर्न आउने छात्राहरुको समस्यालाई मध्यनजर गर्दै गत वर्षदेखि विद्यालयमा छात्रा विश्राम कक्षको व्यवस्था गरिदिएको गाउँपालिकाले हालसम्म १० हजार पाँच सय स्यानेटरी प्याड वितरण गरेको हो।

कस्तो शिक्षा ?

नयाँ प्रविधिको आविष्कारको परिणामस्वरूप घरका प्रत्येक व्यक्तिले आफूलाई एक्ल्याएका छन्। झगडा र मतभेदले गर्दा परिवार, समाज र देशबाटै एकता, प्रेम र शान्ति हराइसकेको छ। यस्ता अशान्तमय अवस्थाबाट हाम्रो समाज गुज्रिँदै गएको सबैले महसुस गरेकै छन्। अब यस्तो समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने चुनौती हामीमा आएको छ। त्यसैले हामीले परापूर्वकालदेखि ज्ञानी पुरुषहरूले देखाएको ज्ञानका बाटा अंगाल्नुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्