१० मंसिर २०८१ सोमबार
image/svg+xml

फेवातालमा मध्याह्नपछि डुंगा सयर जोखिमपूर्ण

पोखरामा सोमबार दिउँसो कालो बादल मडारिएर हावाहुरीसहित असिनापानी प¥यो। एकाएक हुरीसहितको असिनापानीले फेवातालमा छाल उठ्यो। त्यही छालमा परेर डुंगा सवार सातजना तालमा खसे। लाइफ ज्याकेट लगाएकाले तालमा खसे पनि उनीहरु सबैजना तैरिए। तत्कालै पुगेको सशस्त्र प्रहरीको टोलीले उनीहरूको उद्धार ग¥यो।

पुल नबनाई नयाँ डुंगा

अधिकांश नदीका डुंगा झोलुंगे पुलले विस्थापित गरिरहेको अवस्थामा खोटाङको हलेसी तुवाचुङ नगरपालिका र उदयपुरको कटारी नगरपालिका जोड्ने सुनकोसीमा भने नयाँ डुंगा फेरिएको छ। दैनिक डेढ सय स्थानीय वारपार गर्ने बाइटारमा हलेसी तुवाचुङ नगरपालिकाको १ लाख बजेट खर्चमा नयाँ डुंगा निर्माण गरेर सञ्चालनमा ल्याइएको छ। पुरानो डुंगा खिएको र प्वाल परेपछि नयाँ डुंगा निर्माण गरेर सञ्चालनमा ल्याइएको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले बताइन्।

डुंगा र ट्युबको भरमा जीवन

अधिकतर नदीमा पितापुर्खाको पालादेखि सञ्चालनमा रहेका डुंगा झोलुङ्गे पुलले विस्थापित गरिसकेको छ। तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका स्थानीय अहिले पनि डुंगाकै भरमा सुनकोसी वारपार गरिरहेका छन्।

डुंगा दुर्घटना हुँदा बेपत्ता भएकामध्ये १ को शव फेला

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका दुई जनामध्ये एकको शव भेटिएको छ। इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार २३ वर्षका पुरुषोत्तम चौधरीको शव टीकापुर नगरपालिका–८ सत्तीघाट नजिकै भेटिएको हो। उनी स्थानीय बोर्डिङ स्कुलका शिक्षक हुन।

डुंगाको बिम्बमा इशानका चित्र

आफ्नो देशको विकास गर्न विदेशी सोच हावी भएको अनुभूति नेपाली समाजमा जोकोहीले गरेकै छन्। अनुदान र दानबाट आर्थिक जोहो गरिरहेको कतै छिपेको छैन ।

तालमा सयर गर्दै हुनुहुन्छ, हाेसियार!

२०६८ वैशाख ५ गते वेगनासतालमा भएको डुंगा दुर्घटनामा ३ जनाको मृत्यु भयो। तालमा सयर गरिरहँदा चट्याङ लागेर तीनजना महिलाले तालमा खसेर ज्यान गुमाएका थिए।

बेगनास तालमा बेपत्ता ६ जनाको शव भेटियो

बेगनास तालमा डुंगा पल्टिएर डुब्दा बेपत्ता भएका ६ जनाको शव आईतबार बिहान साढे ११ बजे निकालिएको छ। छ जनाको शव निकालिएपछि तालमा डुंगा डुब्दा मृत्यु हुनेको संख्या ८ पुग्यो।

अपडेट : बेगनास तालमा डुंगा पल्टियो, दुई जनाको मृत्यु, चार बेपत्ता

दर खान माइती गएका ८ जना सवाररत डुंगा बेगनास तालको लिब्दी टुडँमा पल्टिदाँ २ जना महिलाको मृत्यु भएको छ। तीन जनाको उद्दार गरिएको छ। उद्दारपछि उपचारको लागि अस्पताल पुर्याईएकी ५१ वर्षिया कृष्णकुमारी कडेंल (बजगाई ) र ३२ वर्षिय जमुना कडेंल(गैह्रे) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

बेगनास तालमा दुई डुंगा पल्टिए, ६ जना बेपत्ता

बेगनासतालमा दुई वटा  डुंगा एक अापसमा ठाेक्किएर पल्टदा ६ जना बेपत्ता भएका छन्।  शनिबार दिउँसो दर खान हिडेका महिला सवार दुर्इ डुंगा पल्टिएका हुन्।  तालबाट तीन जनालाई जिवितै उद्दार गरिएको छ। अरु हराईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ

भारतमा ४० यात्रु सवार डुंगा दुर्घटना

भारतमा ४० यात्रु सवार डुंगा नदीमा डुबेको छ। गुहावटी सहर नजीकै रहेको ब्रह्मापुत्र नदीमा ४० यात्रु सवार डुंगा डुब्दा केही यात्रु पौडेर वाहिर निस्कन सफल भएका छन् भने अधिकांश महिला तथा स्कुले बालबालिकाहरु हराइरहेका छन्।

पप्पु कन्स्ट्रक्सनको बदमासी

गत शनिबार रौतहटको गौर ४ टिकुलियामा भएको डुंगा दुर्घटनाको मुख्य जिम्मेवार पप्पु कन्स्ट्रक्सन रहेको ठहर सर्वसाधारणको छ । ठेक्का लिएर तोकिएको अवधि सकिएको दुई वर्ष बित्दा पनि पुल नबनाएका कारण सर्वसाधारणले ज्यानै गुमाउनुपरेको अवस्था छ।

पप्पु कन्स्ट्रक्नमाथि कारबाही माग

गत शनिबार रौतहटको गौर ४ टिकुलियामा रहेको बकैया नदीमा भएको डुंगा दुर्घटनाको मुख्य दोषी पप्पु कन्स्ट्रक्सन रहेको भन्दै चारैतिरबाट कारबाहीको माग हुन थालेको छ।

पप्पु कन्स्ट्रक्सनको लापरबाहीले डुंगा दुर्घटना : नेकपा

पप्पु कन्स्ट्रक्सनको लापरबाहीले लालबकैया नदीको टिकुलीया घाटमा डुंगा दुर्घटना भएको भन्दै नेकपा रौतहटले सम्बन्धित निर्माण कम्पनीलाई कार्वाहीको माग गरेको छ।

पप्पु कन्स्ट्रक्सनको लापरबाहीले गयाे ज्यान

लालबकैया नदीमा निर्माणाधीन पुलको काम तोकिएको समयमा नसकिँदा शनिबारको डुंगा दुर्घटना भएको आरोप पीडितले लगाएका छन्।

अपडेट : डुंगा दुर्घटनामा परेका २१ को उद्धार, दुर्इकाे शव फेला, ३ अझै बेपत्ता

रौतहटको लालबकैया नदीमा शनिबार साँझ भएको डुंगा दुर्घटनामा हराएका २१ जना यात्रुको उद्धार गरिएको छ भने दुर्इ जनाकाे शव फेला परेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्