१० मंसिर २०८१ सोमबार
image/svg+xml

अपडेट : डुंगा दुर्घटनामा परेका ४० जनामध्ये १५ को उद्धार, २५ अझै वेपत्ता

रौतहटको लालबकैया नदीमा शनिबार साँझ डुंगा दुर्घटना भएको छ। दुर्घटनामा ४० जना सवार रहेकोमा साढे नौ बजेसम्म १५ जनाको जीवितै उद्धार गरिएको छ भने २५ जना अझै हराइरहेका छन्। रौतहटको सदरमुकाम गौर नगरपालिका ४ मा रहेको लालबकैया खोलामा साँझ साढे ७ बजेपछि डुंगा दुर्घटना भएको प्रहरीले जनाएको छ।

डुंगा दुर्घटनामा ९४ जना बेपता

इन्डोनेसियाको टोबा नदीमा डुंगा दुर्घटना हुँदा ९४ जना बेपता भएका छन् ।इन्डोनेसियाको राष्ट्रिय खोजी तथा उद्धार निकायले १४ जनाको उद्धार गरिएको बताएको छ । भने अहिलेसम्म १ जनाको मात्रै मृत्यु भएको पुष्टि भएको छ ।

डुंगा दुर्घटनामा ४६ जनाको मृत्यु

अफ्रिकी मुलुक ईथियोपियाका आप्रवासी सवार डुंगा अदेनको खाडीमा डुब्दा कम्तिमा ४६ जनाको मृत्यु भएको छ।

शरणार्थी चढेको डुंगा दुर्घटना हुँदा ४८ जनाको मृत्यु

ट्यूनिसियामा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना हुँदा ४८ जनाको मृत्यु भएको छ।दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना भएको हो । दुर्घटनामा परेका ६७ जनाको भने उद्दार गरिएको छ ।

अझै डुंगाको भर

धेरैजसो नदीका डुंगा विस्थापित भइसकेका छन्। तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवाका स्थानीय वर्षाैंदेखि डुंगामै निर्भर छन्।

कालीगण्डकीको पानी लिफ्टिङ गरेर डुंगा सञ्चालन

मिनी फेवातालको नामले प्रख्यात पाल्पा रामपुरको तालपोखरामा कालीगण्डकीको पानी लिफ्टिङ गरेर डुंगा सञ्चालन गरिएको छ । फेवातालको स्वरुपमा निर्मित यस कृत्रिम तालपोखरामा अहिले डुंगा सञ्चालनमा ल्याइएपछि आन्तरिक पर्यटकको आकर्षण ह्वात्तै बढेको छ।

भारत पुगेको गैंडालाई डुंगामा राखेर उद्दार

गएको साउनको अन्तिममा आएको बाढीले बगाएर भारतसम्म पुगेका चितवन राष्ट्रिय निकुञ्जको दुर्लभ एकसिंगे गैंडाको उद्धार गर्ने कार्य अझै पनि जारी नै छ। बगेर गएको १० औं र भारत पुगेको नवौं गैंडाको उद्धार कार्य अरुभन्दा केही पृथक पनि भयो। भारतमा बेहोस पारेर नेपाल ल्याउने क्रममा गैंडालाई केही बेर डुंगामा पनि चढाउनु परेको थियो।

डुंगा दुर्घटनामा १० रोहिङ्गा बालबालिकासहित १२ को मृत्यु

म्यानमारबाट भागेर बंगलादशेतर्फ जाने म्यान्माली मुस्लिम समुदाय रोहिङ्गाले देश छोडेर जाने क्रम जारी नै रहेको छ । यस क्रममा उनीहरुको ज्यान अत्यन्तै जोखिममा पर्ने गरेको छ । म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर उनीहरु बंगलादेश पुग्ने गरेका छन् ।

भारतकाे अासाममा डुंगा दुर्घटना, दशको मृत्यु

भारतको उत्तरीपूर्वी राज्य आसाममा भएको डुंगा दुर्घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

उत्तर भारतमा डुंगा डुब्दा ८ को मृत्यु, ३० जना हराए

उत्तरी भारतको बाघपत जिल्लामा यमुना नदीमा डुंगा डुब्दा कम्तीमा पनि ८ जनाको ज्यान गएको समाचार छ।

पुल नहुँदा डुंगाको भर

बैतडीका तल्लो स्वराड क्षेत्रका स्थानीय पुल नहुँदा डुङ्गाको भरमा ओहोरदोहोर गर्दै आएका छन्। महाकाली नदी क्षेत्रका शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका स्थानीय दैनिक उपभोग्य सामग्री खरिदको लागि भारतीय बजार जान जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

वर्षौंदेखि डुंगाको भर

पुलका कारण धेरैजसो नदीमा डुंगा विस्थापित भइसकेको छ । स्थानीयको बाक्लो ओहोरदोहोर हुने अधिकांश नदीको घाटमा हाल पुल बनिसकेको छ । तर, खोटाङ र उदयपुरको सीमामा पर्ने सुनकोसीस्थित बंशिलाघाटमा भने नदी तर्नका लागि सदियौंदेखि डुंगा प्रयोग हुँदै आएको छ ।

म्यानमारमा जन्ती सवार डुंगा दुर्घटना, २० को मृत्यु, ४० को उद्धार

पश्चिमी म्यानमारमा ८० जना जन्ती सवार डुङ्गा दुर्घटनामा हुदाँ २० जनाको मृत्यु भएको छ भने ४० जनालाई जीवितै उद्दार गरिएको छ । उक्त डुंङ्गा अर्र्काे सामान बोकेको डुंङ्गासँग टक्कर खादाँ दुर्घटनामा परेको हो।

'पुरानो डुंगा'को ओपनिङ आक्रामक

यसअघि 'कबड्डी' शृंखला निर्देशन गरेका रामबाबु गुरुङको नयाँ फिल्म 'पुरानो डुंगा'ले बक्सअफिसमा आक्रामक सुरुवात गरेको छ। दुई भाइबीचको सम्बन्धमा आउने उतारचढावको कथा रहेको फिल्मलाई सिनेमा आर्ट र माओत्से गुरुङ फिल्मस् मिलेर निर्माण गरेका हुन्।

माझी दाई डुँगामा तारिदेउ...

निरन्तर चार घण्टा पैदल यात्रा गर्दा पनि गन्तव्य आएन । पहिलो पटक त्यता निस्केकाले गन्तव्य कति टाढा छ, अनभिज्ञ थियौं । मध्याह्न बाह्र बज्यो, घाम चर्केर झन समस्या । हिँडिरह्यौं हामी । तराइको बाटोमा हिँड्न कठिन रहेछ । बरु उकालो ओरालोमै सजिलो हुन्छ । प्रायः सबैको भनाई यस्तै थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्