६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

म्यानमारमा जन्ती सवार डुंगा दुर्घटना, २० को मृत्यु, ४० को उद्धार

रंगुन– पश्चिमी म्यानमारमा ८० जना जन्ती सवार डुङ्गा दुर्घटनामा हुदाँ २० जनाको मृत्यु भएको छ भने ४० जनालाई जीवितै उद्दार गरिएको छ । उक्त डुंङ्गा अर्र्काे सामान बोकेको डुंङ्गासँग टक्कर खादाँ दुर्घटनामा परेको हो।

मर्नेहरुमा १६ महिला र ४ पुरुष रहेका छन्। ९ जनाको स्थिती अझै पनि अज्ञात रहेको छ। अज्ञात अवस्थामा रहेका यात्रुहरुको खोजीमा रेडक्रस लागि परेको छ। 

४० यात्रुलाई   जीवित नै उद्धार गर्न सफल भएको उद्धारमा संलग्नले बताएका छन्। डुंगामा विवाहमा गएका मानिसहरु फर्किएको बताइएको छ। 

सन् २०१६ मा भएको डुंगा दुर्घटनामा परी म्यानमारमा ७३ जनाको मृत्यु भएको थियो। 

प्रकाशित: २६ चैत्र २०७३ ०८:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App