१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

वर्षाले पाँंच करोड काँंचो इटा नष्ट, कर छुट गर्न व्यवसायीको माग

बिहीबारदेखिको वर्षाले भक्तपुरका इटाभटाहरुका करिव पाँंच करोड इटा नष्ट भएको इटाभटा व्यवसायीहरुले बताएका छन्।

खाद्य पदार्थको विषयलाई लिएर दुई विभागबीच विवाद, समस्यामा व्यवसायी

खाद्य पदार्थको विषयलाई लिएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र औषधि व्यवस्था विभागबीच विवाद देखिएको छ। कृषि तथा पशु पंक्षी मन्त्रालय अन्तरगत रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएर बाहिरबाट आयात गरिएको पाेष्टिक(अहारपुरक) खाद्य पदार्थलाई औषधि भनि त्यसको बिक्री बितरणमा स्वास्थय तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको औषधि व्यवस्था विभागले रोक लगाएपछि दुबै विभागबीच विवाद शुरु भएको हो।

सुन बिक्री ७५ प्रतिशत घट्यो

सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा यसको खपत स्वाट्टै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशतले घटेको छ।

सार्वजनिक खरिद नियमावली संशोधनले मख्ख भए ठेकेदार

निर्माण व्यवसायीहरुले ‘सार्वजनिक खरिद नियमावली–२०६४’ को नवौं संशोधन व्यवसायीहरुको हितमा भएको बताएका छन्।

र्‍याफ्टिङ, बञ्जी, क्यान्याेनिङ र खानामा छुट गर्दै व्यवसायी

स्थानीय नदीमा हुर्केका र चिसो पानीमा पालिएका माछाका परिकारको स्वाद लिँदै र्‍याफ्टिङ, बञ्जीजम्प, क्यान्याेनिङलगायत साहसिक खेलको आनन्द लिन चाहानुहुन्छ? यदि, चाहानुहुन्छ भने भारी छुटमा यी सबैको एकमुष्ट स्वाद लिने अवसर छ।

हिमागृह व्यवसायीलाई दिन नहुने पोखरेली अडान

मुलुक संघीय संरचनामा गएसँगै प्रादेशिक पूर्वाधारका रूपमा उपयोग गर्ने योजना थियो यहाँस्थित हिमागृहलाई। लामो समयदेखि उपयोगविहीन हिमागृहलाई करिब दुई वर्षअघि प्रदेश मुख्यमन्त्रीको आवासगृह बनाउने तयारी थियो। तर पोखरेलीको विरोधपछि मुख्यमन्त्रीको आवासगृह बनाउने योजना असफल भयो।

होडिङ बोर्ड हटाउने निर्णयविरुद्ध व्यवसायी

साइनोज एसोसिएसन नेपालले बोर्ड तथा होडिङ बोर्ड हटाउने सरकारको निर्णय तत्काल रोक्न माग गरेको छ।

'लगानीको वातावरण बने लगानी बढाउन तयार'

उद्योगी व्यवसायीहरुले लगानीको वातावरण बने आफुहरु लगानी बढाउन तयार रहेको बताएका छन्। बाग्लुङ उद्योग वाणिज्य संघले 'उज्यालो बाग्लुङ, समृद्ध बाग्लुङ’ नारा सहित आयोजना गरेको लगानी सम्मेलनमा उद्योगी व्यवसायीहरुले लगानीको वातावरण बनेमा आफुहरु लगानी बढाउन तयार रहेको बताएका हुन्।

ग्यास र पेट्रोलियम व्यवसायी चिन्तित

सरकारले विद्युत् प्रयोगलाई प्रोत्साहन गरिरहँदा खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायी आफ्नो भविष्यप्रति चिन्तित देखिएका छन्।

होटल व्यवसायी महासङ्घको अध्यक्षमा शाह

सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न होटल व्यवसायी महासङ्घ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनले हीराध्वज शाहको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।

औषधी व्यवसायीलाई हेल्पडेस्क

औषधी व्यवस्था विभागमा कुनै पनि कामको लागि देशभरबाट आउने औषधी व्यवसायीलाई विभागमै हेल्प डेस्क (सहायता कक्ष)ले सहयोग गर्ने भएको छ।

कर्णालीमा लगानी गर्न होटल व्यवसायी आतुर

यवसायीहरुले सुरक्षा, पूर्वाधार र राजस्वमा सहुलियत दिइए आफूहरु कर्णालीमा लगानी गर्न आतुर रहेको बताएका छन्। उनले कर्णाली पर्यटकका लागि ‘भर्जिन ल्याण्ड’ रहेको बताउँदै प्रदेश सरकारलाई लगानी आकर्षित गर्ने कार्यक्रम ल्याउन आग्रह गरे। कैलालीका होटल व्यवसायी यामबहादुर बमले पछिल्लो समय कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढ्दै गएपनि सो अनुसार पूर्वाधार निर्माणमा राज्यले ध्यान दिन नसकेको बताए।

स्वरोजगार बनाउन युवा व्यवसायीलाई अनुदान

खोटाङको रावाबेँसी गाउँपालिकाले युवालाई स्वरोजगार बनाउन युवा लक्षित कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। गाउँमा बसेर विभिन्न कृषि सम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएका युवा किसानलाई प्रोत्साहित गर्न गाउँपालिकाले अनुदान उपलब्ध गराएको हो।

उद्योगलाई जग्गा व्यवस्था गर्न सरकारसँग माग

नयाँ उद्योग स्थापनाका लागि जग्गाको व्यवस्था गर्न पूर्वका उद्योगी व्यवसायीले सरकारसँग माग गरेका छन्। सुननसरी–मोरङ औद्योगिक करिडोरका ११ वटा उद्योग वाणिज्य संघहरूले संयुक्त पत्रकार सम्मेलन गरी नयाँ उद्योगलाई जग्गाको व्यवस्था गर्न सरकारस“ग माग गरेका हुन्।

२५ प्रतिशत हिस्सा बढ्ने व्यवसायीको विश्वास

सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउँदै २० लाख विदेशी पर्यटक भिœयाउने लक्ष्य राखेको छ। नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा यतिबेला पोखरा, काठमाडौं र जनकपुरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग)को रन्को चलिरहेको छ। पर्यटकीय सहर पोखराले नेपालसहित विभिन्न सात मुलुकका खेलाडी र खेल पदाधिकारीलाई आतिथ्यता पस्किरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्