८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

औषधी व्यवसायीलाई हेल्पडेस्क

काठमाडौं – औषधी व्यवस्था विभागमा कुनै पनि कामको लागि देशभरबाट आउने औषधी व्यवसायीलाई विभागमै हेल्प डेस्क (सहायता कक्ष)ले सहयोग गर्ने भएको छ। आइताबार औषधी व्यवसायी संघ जिल्ला शाखा काठमाडौंले नवनिर्वाचित कार्यसमितिको सय दिन पुगेको अवसरमा यस्तो कक्षको उट्घाटन गरेको हो। कक्षको उट्घाटन औषधी व्यवस्था विभागका प्रवक्ता सन्तोष केसी र नेपाल औषधी व्यवसायी संघका केन्द्रीय उपायध्यक्ष निरन्जनप्रासद रिसालले गरेका हुन्।

सहायता कक्षले उपत्यका बाहिरबाट विभिन्न कामले आएका सबै तहका व्यवसायीलाई कागजपत्र तथा अन्य जानकारीको सहयोग गरेर दर्ता तथा नविकरण प्रक्रियामा सहयो पु¥याउने उद्देश्य रहेको संघका काठमाडौं जिल्ला शाखाका महासचिव शुभमान श्रेष्ठले बताए। ‘विभागमा पर्ने जुन सुकै प्रक्रियाका लागि पनि डेस्कले सहयोग गर्छ’ उनले भने। नयाँ समिति निर्वाचित भएको एक सय दिन पुगेकै अवसरमा एक समारोहको आयोजना गरी संघको सदस्यको उपचार सहयोगको लागि अक्षय कोष स्थापनाको गरेको छ।

प्रकाशित: ७ पुस २०७६ ०२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App