७ आश्विन २०८१ सोमबार
image/svg+xml

तीन महिना देखि ईलाका प्रशासन बन्द

इलाका प्रशासन कार्यालय नराकोट तीन महिनादेखि बन्द छ। कर्मचारी इलाका प्रशासन कार्यालयमा जान नमानेपछि कार्यालय बन्द भएको हो । कार्यालय बन्द हुँदा सेवाग्राही आउँदै फर्कँदै गर्ने गरेका छन्। इलाका प्रशासन कार्यालयका प्रमुख सुमन धितालको काज फिर्तासँगै इलाका प्रशासन कार्यालय खुलेको छैन्।

प्रशासनको परम्परागत कार्यशैली सुशासन र समृद्धिको बाधक

सार्वजानिक प्रशासनको परम्परागत कार्यशैलीबाट संविधानले परिकल्पना गरेको दिगो शान्ति, विकास, सुशासन र समृद्धि सहज नहुने उच्चस्तरीय प्रशासन सुधार तथा अनुगमन प्रतिवेदन २०७३ ले औँल्याएको छ।

स्थानीय प्रशासनद्वारा तौलिहवमा निषेधति क्षेत्र घोषणा

स्थानीय प्रशासनले प्रदेश नम्बर ५ लाई टुक्राएको बिरोध र समर्थनमा भइरहेको आन्दोलनका कारण शान्ति सुरक्षामा खलल पुग्ने भन्दै कपिलवस्तुको तौलिहवामा निषेधति क्षेत्र घोषणा गरेको छ। सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराए यता बिरोध र समर्थनका कार्यक्रम हुँदै आएका छन्।

प्रहरी प्रशासन विरुद्ध खलंंगामा प्रदर्शन

जिल्ला प्रशासन कार्यालय जुम्लासँगै जोडिएको कर्णालीकै ठूलो चन्दननाथ मन्दिरमा करौडौं मूल्यका मूर्ति चोरी भइरहेको भन्दै युवाहरुले खलंगामा प्रदर्शन गरेका छन्। प्रशासन नजिकैबाट करोडौंको मूर्ति चोरी हुँदासमेत प्रहरीले जानकारी नपाएको भन्दै युवाहरुले प्रदर्शन गरेका हुन्। उनीहरुले प्रहरी विरुद्ध चर्को नारावाजीसमेत गरेका छन्।

खडेरीले खाद्य संकट, सहयोगका लागि प्रशासनमा ज्ञापनपत्र

लगातारको खडेरीले खाद्य संकट देखिएपछि प्रभावित क्षेत्रका स्थानीयले राज्यको ध्यानाकर्षण गराएका छन्। बर्षाद र हिउँद दुबै सिजनमा परेको खडेरीले खाद्य संकटको समस्या भोग्न बाध्य वाईका स्थानीयले राज्यको ध्यानाकर्षण गराएका हुन्।

'प्रशासन पुनःसंरचना छिटो टुंग्याऊँ'

अघिल्लो सरकारले चासो नदेखाउँदा संघीयता कार्यान्वयनसँगै प्रशासन पुनःसंरचनाले गति लिन नसकेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार संघीयता कार्यान्वयन तथा प्रशासन पुनःसंरचना समन्वय समितिसँग बैठकमा दाहालले यस्तो धारणा राखेका हुन्।

प्रशासनको निगरानीपछि प्राध्यापकद्वारा धमाधम राजीनामा

स्थानीय प्रशासनले एउटै सिफ्टमा दुई वा सोभन्दा बढी क्याम्पसमा पढाउने प्राध्यापकमाथि निगरानी थालेसँगै यहाँका सामुदायिक र निजी क्याम्पसका प्राध्यापकहरुले राजीनामा दिन थालेका छन् ।

प्रशासन सुधार निराशाजनक

सार्वजनिक प्रशासनलाई प्रभावकारी बनाउन अघिल्लो सरकारले तत्काल सुधार कार्ययोजना लागू गरे पनि मन्त्रालयले प्राथमिकता नदिँदा त्यसको अवस्था निराशाजनक देखिएको छ। सरकारले तत्काल सुधार गर्नुपर्ने कार्यक्रम लागू गरेको आठ महिनामा २६ प्रतिशत मात्रै काम भएको छ।

जुम्ला मालपोतका ९ कर्मचारी प्रशासनको नियन्त्रणमा

जिल्ला मालपोत कार्यालय जुम्लाका नौ जना कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले नियन्त्रणमा लिएर छानविन थालेको छ। सार्वजनिक सरकारी जग्गाको सक्कल मिसिल च्यातेको भन्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले नौ जना कर्मचारीलाई नियन्त्रणमा लिइएको थियो। मालपोत अधिकृत देवनाथ शाहसहित ९ जनालाई नियन्त्रणमा लिइएको प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

राजस्व प्रशासनमा सुधार जरुरी : अर्थमन्त्री

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले हालको सीमित अर्थतन्त्रमा खर्च प्रणाली प्रभावकारी बनाउन नसकिएमा त्यसले राजस्व असुलीमा योगदान गर्न नसक्ने बताएका छन्। आन्तरिक राजस्व विभागले काठमाडौंमा सञ्चालन गरेको व्यवस्थापन गोष्ठी समापन समारोहमा सम्बोधन गर्दै शनिबार उनले लगानी बढेमा उद्योग व्यवसाय बढ्ने र त्यसले राजस्व बढ्ने बताउँदै राजस्व प्रशासनमा सुधारको लागि नयाँ संरचना र प्रणाली विकासको आवश्यकता भएको बताए।

राजनीति र प्रशासनबाट अपेक्षा

भनिन्छ, राजनीतिबिना प्रशासन अचेत हुन्छ, प्रशासनबिना राजनीति गतिहीन । वृत्ति, अनुशासन, कार्यक्षेत्र, कार्यप्रणाली, कार्यशैली र मूल्यदर्शनमा फरक भएर पनि यी दुई वर्ग एकअर्कासँगको सहकार्यमा समान उद्देश्यका लागि परिचालित हुन्छन् ।

रौतहटको गरुडामा इलाका प्रशासन कार्यालय विस्तार

रौतहट– रौतहटमा नयाँ इलाका प्रशासन कार्यालयको विस्तार गरिएको छ । मध्य रौतहटको गरुडा नगरपालिकामा जिल्लाको दोस्रो इलाका प्रशासन कार्यालयको विस्तारसँगै शुक्रबारदेखि नै सेवा दिन थालिएको छ।

प्रशासनमा गाभिए दरबारका कर्मचारी

राजतन्त्र अत्य भएको आठ वर्षपछि सरकारले राजप्रासाद सेवाका ५ सय ६ कर्मचारीलाई प्रशासन सेवामा गाभेको छ। राजदरबार अन्तर्गत काम गर्दै आएका ती कर्मचारीलाई सामूहिक रूपमा प्रशासन सेवामा तानिएको हो।

सिँजामा इलाका प्रशासन कार्यालय स्थापना

जुम्लाको सिँजा क्षेत्रका वासिन्दालाई प्रशासनिक सेवा सुविधा सहज रुपमा प्रदान गर्न शुक्रबारदेखि नराकोट गाविसमा ईलाका प्रशासन कार्यालयको औपाचारिक रुपमा स्थापना भएको छ। सो अवसरमा इलाका प्रशासन कार्यालयको भवन शिल्यान्यास गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्