७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सिँजामा इलाका प्रशासन कार्यालय स्थापना

डिवी वुढा

जुम्ला–जुम्लाको सिँजा क्षेत्रका वासिन्दालाई प्रशासनिक सेवा सुविधा सहज रुपमा प्रदान गर्न शुक्रबारदेखि नराकोट गाविसमा ईलाका प्रशासन कार्यालयको औपाचारिक रुपमा स्थापना भएको छ। सो अवसरमा इलाका प्रशासन कार्यालयको भवन शिल्यान्यास गरिएको थियो। संस्कृति पर्यटन तथा नागरिक उडयायन राज्यमन्त्री बलबहादुर महत, सांसद ललितजंग शाही, गोमा कुँवर, डिल्ली प्रसाद काफ्ले र जिल्लास्थित राजनैतिक दलका प्रमुखहरुले भवनको शिलान्यास गरेका हुन्। पर्यटन राज्यमन्त्रीले इलाका प्रशासन कार्यालयको व्यानर खोलेर औपचारिक रुपमा सेवा शुभारम्भ भएको घोषणा गरे ।

इलाका प्रशासन कार्यालयको निर्माणका लािग ४० लाख रकम विनियोजन गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।   सेवा प्रारम्भको अवसरमा इलाका प्रशासन कार्यालय नराकोट वाट  ४ वटा नागरिकता र १ वटा नावालक परीचय पत्र वितरण गरिएको थियो।  जसमा पहिलोे नागरिकता लिनेमा गणेश जिसी भए ।   त्यस्तै दिनेश बुढा, सविता धिताल र प्रेम आचार्यले इलाका प्रशासन कार्यालयबाट नागरिकता लिए।  महेश्वर काफ्लेले नावालक परिचय पत्र लिएको इलाका प्रशासन कार्यालय नराकोटका सहायक प्रमुख जिल्ला अधिकारी सुमन धितालले जानकारी दिए ।

जुम्लाको सिँजा क्षेत्रमा रहेका १० गाविसलाई सेवा दिनको लागि इलाका प्रशासन कार्यालयको स्थापना गरिएको हो। सिँजा क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापनाभएपछि त्यस क्षेत्रका बासिन्दालाई नागरिकतालगायतका प्रशासनिक सेवा लिन निकै सहज हुने भएको छ। स्थानीय रतन शाहीले अब हजारौं रुपैयाँ खर्चेर प्रशासनिक कामको लागि खलंगा आउनु पर्ने बाध्यता हटेको बताए। उनले भने, ‘विहान घरको खाना खाएर साझा घरमै पुग्ने भएपछि सरकारी सेवा लिनकै लागि महंगो खर्च ब्यहोर्नु नपर्ने भयो।’

यसैगरी नराकोटमा इलाका स्तरीय नेपाल टेलिकम, मालपोत र नापी कार्यालयहरु दशैंसम्म बिस्तार गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । सिँजामा इलाका कार्यालय कृषि, वन, पशु, खाद्य, साल्टट्रेनिङ,  हुलाकलगाएतका कार्यालयहरु पहिलेदेखि सञ्चालनमा थिए।  तत्कालकालागि इलाका प्रशासन कार्यालयमा ७ जना कर्मचारीले सेवा दिने छन्। 

इलाका प्रशासन कार्यालयको भवन शिल्यान्यास तथा सेवा प्रारम्भ घोषणाको औपचारिक कार्यक्रममा नराकोट पुगेका जिल्लास्थित राजनैतिक दल तथा सरोकबारवाला निकायले सिँजा क्षेत्रको विकास तथा सेवालाइ पारदर्शी बनाउन जोड दिने प्रतिवद्धता व्यक्त गरेका छन । सिँजाका स्थानीयले सेवा प्रारम्भ घोषणा मात्र ठूलो कुरानभइ राज्यले गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनु पर्ने बताए ।

 

प्रकाशित: १८ असार २०७३ ०४:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App