७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

जुम्ला मालपोतका ९ कर्मचारी प्रशासनको नियन्त्रणमा

जुम्ला–जिल्ला मालपोत कार्यालय जुम्लाका नौ जना कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले नियन्त्रणमा लिएर छानविन थालेको छ। सार्वजनिक सरकारी जग्गाको सक्कल मिसिल च्यातेको भन्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले नौ जना कर्मचारीलाई नियन्त्रणमा लिइएको थियो। मालपोत अधिकृत देवनाथ शाहसहित ९ जनालाई नियन्त्रणमा लिइएको प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

सार्वजनिक सरकारी जग्गाको सक्कल मिसिल च्यातेको भन्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले नौ जना कर्मचारीलाई नियन्त्रणमा लिइएको थियो। मालपोत अधिकृत देवनाथ शाहसहित ९ जनालाई नियन्त्रणमा लिइएको प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले खरिदार ३, सुव्वा २, कम्प्युटर अपरेटर १, कार्यालय सहयोगी ३ र कार्यालय प्रमुख एक गरेर ९ जनालाई नियन्त्रणमा लिएर छानविन गरिरहेको जानकारी दिए। उनका अनुसार साउन २६ गते जिल्ला प्रशासन कार्यालय जुम्लाले जिल्लाको गोठिचौर गाविसस्थित भेडाबाख्रा अनुसन्धानको जग्गा व्यक्तिको नाममा दर्ता भएको मिसिल झिकाएको थियो। प्रशासन कार्यालयमा मापदण्ड विपरित सरकारी जग्गा अधिग्रहण गरेको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले सक्कल मिसिल मागेको थियो।  

तर त्यही उजुरीसँग मेल खाने मिसिल च्यातेको र भिजेको अवस्थामा फालेको भेटाएपछि प्रशासन कार्यालयले उनीहरु विरुद्ध छानविन थालेको हो।   साउन २६ गते प्रशासनले पत्राचार गरेपछि मालपोत अधिकृत देवनाथ शाहले २७ गते पत्र पाएर तोक लगाएर सम्बन्धित फाटलाई दिइएको बताए। उनका अनुसार मालपोत भित्रकै प्रशासन फाट र मुद्दा फाटका कर्मचारीको बदमासीका कारण प्रशासन कार्यालयको नियन्त्रणमा आउनु परेको सुनाए।  उनले भने, ‘३२ गते विहान च्यातिएको अवस्थामा, भिजेको अवस्थामा मिसिल कार्यालयको हाताभन्दा बाहिर भेटाए पछि सिडिओ सापलाई आफैं फोन गरेर स्थिति नियन्त्रणमा लिन आग्रह गरे।

पटक पटक कर्मचारीले मिसिल भेटिएको जानकारी गराएपछि मालपोत अधिकृत शाहको टेवुलमा पुर्याएका थिएनन्। अधिकृत शाहका अनुसार प्रशासनले माग गरेको प्रमाण छिटो पेश गरौं भन्दा नायव सुव्वा लक्ष्मी कान्त जैसीले मिसिलको फोटोकपी गरेर नक्कल कार्यालयले राख्ने र सक्कल प्रशासन कार्यालयमा बुझाउने गरेको भन्दै फोटोकपी गर्न समय लाग्ने प्रतिक्रिया दिएका थिए।

मिसिलको खोजीनिती पछि मुद्दाफाटको कर्मचारी नहुदा प्रशासनको कर्मचारी आएर काम गर्थे। प्रशासनका कर्मचारी नआउँदा मुद्दा फाछका कर्मचारी आएर काम गर्ने गरेको खुलेको छ। दुवै जनासँगै एकै साथ कार्यालय भित्र पस्न छाडेका थिए। ‘उनीहरुले निकै हेलचक्र्याई गरे, फाइल पेश गरेको जस्तो बहाना बनाएर अलमलमा पार्ने काम भयो,’ उनले भने।

 

प्रकाशित: १ भाद्र २०७३ ०५:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App