कपिलवस्तु–स्थानीय प्रशासनले प्रदेश नम्बर ५ लाई टुक्राएको बिरोध र समर्थनमा भइरहेको आन्दोलनका कारण शान्ति सुरक्षामा खलल पुग्ने भन्दै कपिलवस्तुको तौलिहवामा निषेधति क्षेत्र घोषणा गरेको छ। सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराए यता बिरोध र समर्थनका कार्यक्रम हुँदै आएका छन्।
एमालेको अगुवाइमा गठित संयुक्त संघर्ष समितिले सोमबार जिल्ला बन्दको आह्वान गरेका छ। आइतबार साझ जिल्ला सुरक्षा समितिको बैठकले तौलिहवा भित्रको केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने नियर्णय गरेको प्रशासकीय अधिकृत पुनाराम पौडलले जानकारी दिए।
प्रशासन चोकदेखि पूर्वमा बाणिज्य बैक चोकसम्म, उत्तरमा कृषि विकास बैंक हुँदै महिता चोक सम्म, दक्षिणमा आन्दोलन चोकसम्म, पश्चिमा गौढी चोक हुदै उत्तरमा भिक्षु चोकसम्म निषेधित क्षेत्र कायम गरिएको छ। स्थानीय प्रशासन २०२८ को दफा ६ को उप दफा ३ बमोजिम निषेधति क्षेत्र घोषणा गरिएको हो। जिल्लाको सुरक्षा संवेदनशीलतालाई मध्य नजर गर्दै आइतबार साँझदेखि नै निषेधति क्षेत्र घोषणा गरिएको जनाइएको छ।
प्रकाशित: २० मंसिर २०७३ ०४:४४ सोमबार