७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

रौतहटको गरुडामा इलाका प्रशासन कार्यालय विस्तार

रौतहटको गरुडा नगरपालिकामा स्थापना भएको इलाका प्रशासन कार्यालयको उदघाटन गर्दै क्षेत्रिय प्रशासक मुकुन्दराज प्रकाश घिमिरे।

रौतहट– रौतहटमा नयाँ इलाका प्रशासन कार्यालयको विस्तार गरिएको छ । मध्य रौतहटको गरुडा नगरपालिकामा जिल्लाको दोस्रो इलाका प्रशासन कार्यालयको विस्तारसँगै शुक्रबारदेखि नै सेवा दिन थालिएको छ।

एक कार्यक्रमबीच क्षेत्रिय प्रशासक मुकुन्दराज प्रकाश घिमिरेले इलाका प्रशासन कार्यालय गरुडाको उदघाटन गर्दै नेपाल सरकारको लक्ष्य तथा नीति अनुसार गाउँमै सरल तरिकाले सर्वसाधारणलाई सेवा प्रदान गर्न इलाका प्रशासन कार्यालयको स्थापना भएको बताएका छन् ।

क्षेत्रिय प्रशासक घिमिरेले प्रत्येक नागरिकको घर दैलोमा सिंह दरवार पुर्याउने लक्ष्य अनुरुप नेपाल सरकारबाट तराई एवं पहाडी जिल्लाका जनताहरुलाई समुचित ढंगबाट कम खर्चमा बढि भन्दा बढि सेवा सुविधा पाउनका लागि सरकारी कार्यालयको इलाका स्तरिय उपशाखा कार्यालयहरु स्थापना गर्ने अभियान संचालन भएको सोही योजना अनुरुप रौतहटको गरुडामा प्रशासनिक कार्यालयको स्थापना भएको स्पष्ट पारे।

कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले गौर र चन्द्रनिगाहपुर बाहेक अन्य स्थानका बासिन्दाहरुलाई नागरिकता, पासपोटको सिफारिस, मधेशी प्रमाणित लगायतका कार्य गराउन निकै समय खर्चेर आउनु पर्ने बाध्यता आज देखि गरुडा क्षेत्रका बासिन्दाहरुलाई समाप्त भएको बताउदै गरुडा नगरपालिकामा आबद्ध रहेका ७ वटा गाविसका बासिन्दाहरुले आजैबाट उक्त सेवा सुविधाहरु पाउने अवसर पाएको बताएका छन्।

विगतमा सेवा केन्द्रको विषयलाई लिएर भएका केही तिता कुराहरुलाई विर्षेर आज देखि गरुडा क्षेत्रमा स्थापना भएको इलाका प्रशासन कार्यालयबाट पाउने सवै सेवा सुविधाहरु निर्वाध रुपमा पाउने विश्वास गर्दै यस कार्यालयमा खटिएका कर्मचारीहरु विना रुकावट नियम कानुनसँग मिल्ने सबै कार्य गर्न निर्देशनसमेत दिएका छन्।
    
नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिआइजीद्वय पशुपति उपाध्यया, गंगा पाण्डे, जिल्लाका कार्यालय प्रमुखहरु, राजनितिक दलका प्रतिनिधिहरु तथा नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा रौतहटका स्थानीय विकास अधिकारी उमेश बस्नेतले इलाका प्रशासन कार्यालयको स्थापना हँुदा यस क्षेत्रका बासिन्दाहरुमा नयाँ विकासको आयाम थपिएको जिकिर गर्दै विकास निर्माण लगायतका हरेक कार्यमा भईरहेका अनियमितता सबैलाई रोक्न यस कार्यालयको अहम भुमिका निर्वाह भएमा मात्र जिल्ला भरी विकासको लहर फैलिने र अपनत्वको भावनाको विकास हुने बताएका छन् ।

 

 

 

प्रकाशित: २४ असार २०७३ १३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App