६ आश्विन २०८१ आइतबार
image/svg+xml

इलाका प्रशासन कटारीमा ‘ध्वनी नागरिक बडापत्र’

उदयपुरको पश्चिमी बजार कटारीस्थित इलाका प्रशासन कार्यालयले पनि ‘ध्वनी नागरिक बडापत्र’ सञ्चानलमा ल्याएको छ। इप्रका कटारीले बिहीबारदेखि ध्वनी बडापत्र सञ्चालनमा ल्याएको हो। साता दिन अघिदेखि एमआरपी (राहदानी) वितरणको काम थालेको कार्यालयले कार्यालयको सेवा चुस्त बनाउन ध्वनी बडापत्रको सुरुवात गरेको जनाएको छ।

टर्कीको आक्रमणपछि कुर्द प्रशासनले सिरियालाई गुहार्यो

टर्कीले लगातार आक्रामक कारवाही जारी राखेपछि सिरियाको उत्तरमा रहेको अफ्रिन क्षेत्रको कुर्द प्रशासनले सिमा सुरक्षाको रक्षा गर्न सिरियाली फौजलाई गुहारेको छ ।

बैंकले समयमै रकम नदिएको भन्दै प्रशासन पुगे भूकम्प पीडित

जिल्लामा रहेका बैंकहरुले भूकम्प पीडितको नाममा निकासा भएको रकम समयमा नदिँदा पीडितहरु मारमा परेका छन्। आफ्नो नाममा निकासा भएको रकम समयमा नपाएको भन्दै पीडितहरु गुनासो लिएर जिल्ला प्रशासन कार्यालय पुगेका छन्।

प्रशासनिक संरचना टुंगो नलाग्दा बजेट तयारीमा समस्या

तीन तहको चुनाव सम्पन्न भई संघीय संरचना औपचारिक रुपमा कार्यान्वयनमा आएसँगै मुलुकमा पहिलोपटक संघीय संरचनाअनुसार बजेट तयारी हुँदैछ ।

क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालाबन्दी

प्रदेस नंं १ को राजधानी बनाउन माग गर्दै आन्दोलनकारीले बुधबार क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालबन्दी गरेका छन्। आज बिहान तालाबन्दी गर्न गएका आन्दोलनकारीलाई गेटबाहिरै रोक्न खोजेपछि प्रहरीसँग घम्साघम्सी हुँदा धनकुटा नगरपालिका वडा नंं ६ का जेशिस श्रेष्ठ घाइते भएका छन्। टाउकोमा चोट लागेका श्रेष्ठको जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको छ।

प्रशासन सुधारका डिएनए

देशको जुनसुकै कुनामा गएर काम गर्छु भनेर सपथ खाएका कर्मचारीलाई आज देशकै कुनै स्थानमा गएर काम गर भन्दा मानेनन् भनेर देशको ढुकुटी रित्तिएको बेला यति ठूलो रकम खर्च गरेर घर पठाउने अनि भोलि फेरि त्यही पद पूर्ति गर्न विज्ञापन निकाल्ने ? योभन्दा गलत निर्णय अरु के हुन्छ ?

राजधानी माग्दै क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना

प्रदेश नम्बर ७ को राजधानी दिपायल माग गर्दै क्षेत्रीय प्रशासन कार्यालय दिपायलमा धर्ना दिईएको छ । विगत १३ दिनदेखिको आमहड्तालसहितको विभिन्न कार्यक्रम गर्दै आएको संघर्ष समितिले मंगलबारबाट धर्नाका कार्यक्रम अघि सारेको हो ।

उदयपुर प्रशासनमा ‘ध्वनी नागरिक वडापत्र’

जिल्ला प्रशासन कार्यालय उदयपुरले ‘ध्वनी नागरिक वडापत्र’ सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई काम लिन सहज र सरल बनाउने उदेश्यले यसै सातादेखि प्रशासनले कार्यालय परिसरमा आवाजमार्फत कामको विवरण र सेवासम्बन्धी आवश्यक जानकारी दिन थालेको हो ।

लोकतन्त्रको वितरणमा प्रशासन

लेनिनले भनेका थिए— के के न हुन्छ भनेको त राज्य प्रक्रियाको साँचो कर्मचारीतन्त्रमा पो रहेछ । हाम्रा प्रधानमन्त्रीले राउटेका माग सम्बोधनका क्रममा भनेका थिए— मलाई तपाईंहरूलाई थुप्रै गर्ने मन थियो, तर कर्मचारीतन्त्रका कारण सकिनँ । भनाइहरूको साझा निष्कर्ष हो, प्रशासनले राजनैतिक चाहनाअनुरूप काम गर्न सकेन।

करदाता मैत्री प्रशासनको माग

निजी क्षेत्रका व्यवसायीले करदाता मैत्री कर प्रशासन बनाउनु पर्ने माग गरेका छन् । कर तिर्ने व्यवसायीलाई राज्यले सम्मानित रुपमा हेर्न नसकेको उनीहरुको गुनासो छ।

मुख्य प्रशासनिक भवनकै बिजोग

भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको ढिलाइको उदाहरण खोज्न धेरै टाढा पुग्नु पर्दैन । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको तस्बिरले नै पुनर्निर्माणको अवस्था प्रस्ट देखाउँछ।

जलवायु सम्मेलनमा लेखा र प्रशासनका कर्मचारी

वातावरण सचिव विश्वनाथ ओलीले विभागीय मन्त्रीलाई समेत थाहा नदिई असम्बन्धित व्यक्तिलाई जर्मनी लगेका छन् । उनी जर्मनीको बोनमा मंगलबार सुरु हुने जलवायु परिवर्तनसम्बन्धी २३औं सम्मेलनमा सहभागी हुन त्यसतर्फ लागेका छन् ।

सार्वजनिक प्रशासन नागरिकमैत्री छ ?

सार्वजनिक प्रशासनलाई विभागीय सीमा (डिपार्टमेन्टल बाउन्ड्री) बाट पर नपु¥याई प्रशासन र नागरिकबीच वास्तविक अन्तर्क्रिया सम्भव छैन । सूचना युगमा सूचनाको स्वयं प्रकाशनविना पनि यो सम्भव छैन । सार्वजनिक सेवा उत्पादन र वितरणका प्रक्रियामा स्वयं नागरिकलाई समावेश गर्ने स्वचालित प्रक्रिया स्थापित नगरीकन यो सम्भव छैन ।

बिरामी छट्पटाउँदै शैयामा, डाक्टर प्रशासनको धर्नामा

बिरामी छोरालाई बोकेर आएका बर्दिया, मैनापोखर निवासी राजाराम थारु नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल परिसरबाट सोमबार उपचार नगराएरै घर फर्किए। निमोनिया भएको आशंकामा राजारामले आफ्नो ८ बर्षिय छोरालाई नेपालगन्ज ल्याएका थिए ।

राहतको माग गर्दै बाढीपीडितद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

राहतको माग गर्दै रौतहटका केही गाउँका बाढी पीडितहरुले बिहीबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन्। दुई साता पहिले आएको विनाशकारी बाढीबाट क्षति भए पनि सरकार र अन्य पक्षबाट राहत नपाएको भन्दै राजदेवी नगरपालिकाको हजमिनिया र पथरा गाउँका बाढीपिडितले प्रदर्शन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्