नेपाल विद्युत् उत्पादन र अन्तरदेशीय व्यापार विस्तारको निर्णायक चरणमा प्रवेश गरिसक्यो : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधारको सन्तुलित र समन्वयात्मक विकास आवश्यक रहेको बताएका छन्।

