१३ आश्विन २०८१ आइतबार
image/svg+xml

मनसुनको दुई महिना : विपदमा परी २३१ को मृत्यु, ७७ बेपत्ता

मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपदबाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिरोले क्षति पुर्याएको छ । अनुमान नै नगरिएका स्थानमा अपत्यारिलो पहिरो खस्दा सयौँ नागरिकले अकालमै ज्यान गुमाए ।

सेटिङमै हुसेनको जेलयात्रा, हुन्डीवाला अग्रवाल फरार

जेलबाहिर रहँदा भारतीय सुरक्षा अधिकारी र आपराधिक समूहबाट धम्की आएपछि नक्कली सुनकाण्डको योजना बनाई प्रहरीलाई सुराकी दिन लगाई हुेसेन पक्राउ परेका हुन्।

सुन तोलाको लाख नाघ्यो

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागेपछि नेपाली बजारमा पनि सुनको मूल्य एक लाखभन्दा माथि पुगेको छ।

किन बढ्यो सुनको भाउ ?

लकडाउन खुलेपछि निरन्तर उकालो लागेको सुनको भाउले बुधबार नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख नाघेको छ। नयाँ रेकर्ड कायम गर्दै आज सुनको भाउ प्रति तोला १ लाख १ हजार ४ सय पुगेको हो।

मंगोलियाले किन किन्यो ११ टन सुन ?

मंगोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो सात महिनामा ११.३ टन सुन खरिद गरेको छ। मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैंक अफ मंगोलियाले जनाएको छ।

एक तोला सुनको मूल्य कति ?

कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज अप्रत्याशित रुपमा बढेको छ। मङ्गलबार प्रतितोला रु ९९ हजार ८०० मा कारोवार भएको पहेँलो धातुमा आज रु एक हजार ६०० ले वृद्धि भएको छ।

युनुस ग्रुप सुन तस्करीमा, भारतीय कनेक्सन खोज्दै सिआइबी

भारतीय नक्कली नोट तस्करी प्रकरणमा लागेको युनुस अन्सारी समूह अहिले सुन तस्करीमा सक्रिय भएको खुलेको छ। नेपालमा लकडाउन हुनु केही समयअघि पाकिस्तानबाट काठमाडौं आएका इल्ताफ हुसेनले त्यसको नेतृत्व गरेको प्रहरीले जनाएको छ। प्रहरी उच्च स्रोतका अनुसार हुसेनले अन्सारीकै योजनाबमोजिम नेपालका विभिन्न नाकाबाट भारततर्फ सुन तस्करीमा सहयोग गर्ने गरेका थिए।

युनुस जेलबाटै सुन तस्करीमा, प्रहरीको भूमिका पनि शंकास्पद

काठमाडौंको कमलादीमा बरामद भएको नक्कली सुनसँग भारतीय जाली नोटको तस्करीमा संलग्न युनुस अन्सारीको संलग्नता खुलेको छ। भारतीय नक्कली नोटको तस्करी कसुरमा केन्द्रीय कारागारमा कैद सजाय भोगिरहेका अन्सारीले सहयोगीमार्फत सुन तस्करी गरेको खुलेको हो।

सुनको मूल्य बढेको बढ्यै, तोलाकै ९९ हजार

बुधबार प्रतितोला ९८ हजार ५०० मा कारोबार भएको सुनको मूल्यमा आज बिहीबार ५०० रुपैयाँ बढेको हो । आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार कायम भएको छ ।

सुन प्रकरणः प्रहरीले घटनास्थल परिवर्तन गरेको खुलासा

महानगरीय प्रहरी दवारमार्ग वृत्तले १४ किलो चाँदी र आधा किलो सुन बरामद गरेको घटनामा घट्नास्थल परिवर्तन गरेको पाइएको छ। महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाको संयोजकत्वमा गरेको छानविन समितिले सिसी टिभी फूटेज अध्यन गर्दा सुन्धरामा बरामद भएको पहेलो धातुलाई कमलादी देखाइएको पाइएको प्रहरी स्रोतले जनाएको छ।

सुनचाँदी र पेस्तोल बरामद

प्रहरीलाई छलेर बिक्रीवितरण गर्न लगिँदै गरेको साढे १४ किलो चाँदी र आधा केजी सुन प्रहरीले मंगलबार कमलादीबाट बरामद गरेको छ।

सूर्यबहादुर थापाका छोरा सुनील कांग्रेस प्रवेश

राप्रपा त्यागेका सुनीलबहादुर थापा मंगलबार नेपाली कांग्रेस प्रवेश गरेका छन्। शनिबार ३१ जना नेता कार्यकर्तासहित उनले राप्रपा छोडेका थिए।

कमलादीबाट १५ किलो 'सुन' बरामद

काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद भएको छ।महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा राखिएको सुन जस्तो देखिने पहेँलो बस्तु बरामद गरिएकाे जनाएकाे छ।

सुन किन्नेभन्दा बेच्ने बढी

एक्कासि भाउ अकासिएपछि बजारमा बहुमूल्य धातु सुन किन्नेभन्दा बेच्ने ग्राहक बढेका छन्। सुनको भाउ निरन्तर अस्थिर भएपछि बिक्री शून्य जस्तै भएको व्यवसायी बताउँछन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तथा मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्य अधिकांश व्यवसायीले अहिले सुन बेच्नेभन्दा बढी किनिरहेको बताउँछन्। ‘लकडाउनपछि पसल खुल्दा हामीले यो अवस्था आउने अनुमान गरेका थियौं, तर बिक्री नभए पनि फिर्ता गर्ने ग्राहक तत्काल आएका थिएनन्’ शाक्यले भने, ‘लकडाउन खुलेपछि तोलामै १० हजारभन्दा बढी मूल्य बढ्यो। अनि किन्नेभन्दा बेच्ने ग्राहक बढे।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्