२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

सुन प्रकरणः प्रहरीले घटनास्थल परिवर्तन गरेको खुलासा

महानगरीय प्रहरी दवारमार्ग वृत्तले १४ किलो चाँदी र आधा किलो सुन बरामद गरेको घटनामा घट्नास्थल परिवर्तन गरेको पाइएको छ।  महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाको संयोजकत्वमा गरेको छानविन समितिले सिसी टिभी फूटेज अध्ययन गर्दा  सुन्धरामा बरामद भएको पहेलो धातुलाई कमलादी देखाइएको पाइएको प्रहरी स्रोतले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौले गत मंगलबार १४ किलो चाँदी कमलादीस्थित नविल बैक नजिकबाट बरामद भएको जनाएको थियो। क्लोज सर्किट सिसी टिभीको अध्ययन गर्दा सामान बरामद भएको स्थान सुन्धारा देखिएको सो समितिका एक सदस्यले जानकारी दिए।

गत मंगलबार कमलादीबाट काठमाडौँ प्रहरीले बरामद गरेको साढे १४ केजी चाँदी, आधाकेजी सुन र २ थान पेस्तोलको अनुसन्धान गर्ने क्रममा तीन जना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखको टोलीले बुधबार राति पूर्वी नवलपरासीको दुम्कीवासबाट उनीहरुलाई पक्राउ गरेर आज विहान काठमाडौ ल्याइएको छ।  

दरबारमार्ग वृत्तका डीएसपी रन्जन दाहाल नेतृत्वको टोलीले चेकजाँच गर्न खोज्दा बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कार्पियो भागेको प्रहरीले दावी गरेको थियो। सो स्कार्पियोमा चालक बाहेक तीनजना सवार रहेको भनिए पनि उनीहरु फरार रहेका थिए।  

दरबारमार्ग वृतका डीएसपी दाहाल नेतृवत्को टोलीले गरेको सो अप्रेशको अत्यन्त फितलो भएको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखालाई छानवीन गर्ने जिम्मा दिएको थियो। महाशखाका प्रमुख एसएसपी दीपक थापाको नेतृत्वमा छानवीन समिति बनेको छ। स्कार्पियो छाडेर काठमाडौँबाट भागेका तीनजनालाई महानगरीय अपराध महाशाखाले जिप्रका नवलपरासी पूर्वको समन्वयमा दुम्कीबासबाट पक्राउ गरेको स्रोतको दावी छ।

प्रकाशित: १५ श्रावण २०७७ ०४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App