१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

एक तोला सुनको मूल्य कति ?

 कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज अप्रत्याशित रुपमा बढेको छ। मङ्गलबार प्रतितोला रु ९९ हजार ८०० मा कारोवार भएको पहेँलो धातुमा आज रु एक हजार ६०० ले वृद्धि भएको छ। बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार चार सय कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु एक लाख ९०० निर्धारण गरिएको छ।      

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज चाँदीको मूल्य रु ६५ ले बढेको छ। एकतोला सेतो धातुको मूल्य आज रु एक हजार २९५ निर्धारण भएको छ। कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो। त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २,०२४।५३ अमेरिकी डलर कायम भएको छ। त्यसैगरी प्रतिऔँस चाँदी २५।९६ अमेरिकी डलर निर्धारण भएको छ।      

 

 

प्रकाशित: २१ श्रावण २०७७ ०६:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App