१३ आश्विन २०८१ आइतबार
image/svg+xml

सुन तोलाको लाख !

कोभिड–१९ का कारण संसारका सबै मुलुकमा आर्थिक मन्दी देखिएपछि सुरक्षित लगानीको खोजी गर्ने सबैको ध्यान सुनमा परेको छ। लगानीकर्ताको चर्को मागका कारण सुनको मूल्य दैनिक उकालो लागिरहेको छ।नेपाली बजारमा सोमबार सुनको भाउ प्रतितोला ९७ हजार ५ सय रुपैयाँ पुगेको छ। यो कल्पना गरेभन्दा निकै बढी हो।

एक वर्षमा साढे ३२ हजारले बढ्यो सुन

पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला ३२ हजार ५०० रुपैयाँले वृद्धि भएको छ।

सुनिल थापासहितका नेताहरू कांग्रेस प्रवेश गर्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी नेता एवं पूर्वमन्त्री सुनीलबहादुर थापासहितका केही नेताहरू नेपाली कांग्रेस प्रवेस गर्ने भएका छन् । राप्रपाको वर्तमान नेतृत्वप्रति असन्तुष्ट रहेका रहेका थापासहितका नेताहरूले शनिबार पार्टी परित्याग गर्दै कांग्रेस प्रवेशको तयारी गरेका हुन् । सभापति शेरबहादुर देउवासहितका नेताहरूसँगको निरन्तर छलफलमा रहेका थापालाई कांग्रेसले पदाधिकारीसहित पार्टी प्रवेस गराउने तयारी गरेको हो ।

ताप्लेजुङमा बाढीपहिरोले ८६ लाख बढीको क्षति, २ जना बेपत्ता

असार १ गतेदेखि साउन पहिलो सातासम्मको अवधिमा ताप्लेजुङमा बाढी र पहिरोका कारण साढे ८६ लाख बढी मूल्य बराबरको धनमाल नष्ट भएको छ । बाढी र पहिरोमा परी अझै २ जना बेपत्ता छन् भने १२ घर परिवार बिस्थापित भएका छन् ।

अब रंगमञ्चले फरक बाटो तय गर्छ : सुनिल पोखरेल (अन्तर्वार्ता)

कोभिड–१९ का कारण विश्वमा त्रास छ। उद्योग व्यवसायले गती लिन सकेका छैनन्। अर्थतन्त्र मन्द जस्तै छ। जसले गर्दा ठूलो संख्यामा रोजगारी गुम्ने खतरा बढेको छ। यस बीचमा विश्वमा थुप्रै क्षेत्र धरासायी भएका छन्। त्यस्तै नेपाली रंगकर्म क्षेत्र पनि यतिबेला ठप्प छ।

वर्षा कम हुँदै, शनिबार अझ घट्ने

महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका केही स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक वा दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ ।

मनसुन कमजोर बन्दै : जोखिम टरिसकेको छैन

मुलुकभर मंगलबार रातिदेखि मनसुन कमजोर बन्दै गए पनि जोखिम अझै टरिनसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अझै पनि मनसुनी वायु नेपाल भित्रिने क्रम जारी छ । अहिले पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।

सुनको मूल्य प्रतितोला ९४ हजार पुग्यो, कारोवार शून्य

नेपाली बजारमा आज एकै दिन सुनको मूल्य प्रतितोला एक हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय ६० रुपैयाँ पुगेको छ ।

न्यून चापीय रेखा नेपालतर्फ नजिकियो, वर्षा झनै बढ्ने

शनिबार रातिदेखि नै नेपालमा निरन्तर वर्षा भइरहेको छ । अब वर्षा झन् बढ्ने मौसमविद्ले बताएका छन् ।

डोटीको गौरव रानढुङ्गा

ढुङ्गामा सहस्रलिङ्ग कुँदिएको छ। यिनको दर्शनले मनमा चिताएको कुरा पूरा हुने जनविश्वास छ। त्यसैले जनैपूर्णिमाको अघिल्लो दिन यहाँ ठूलो मेला लाग्छ। प्राकृतिक हिसाबले समेत मनोरम रहेको यस क्षेत्रमा कुडीगडा ताल पनि छ।

जोरपाटी–सुन्दरीजल सडक मङ्सिरसम्ममा बन्ने

जोरपाटी–सुन्दरीजल सडक आगामी मङ्सिरसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । विस्तारको क्रममा रहेको सडक उपलब्ध चौडाइमै कालोपत्र गर्न लागिएको हो ।

भृकुटीमण्डप बजार खुल्यो तर बोहनी गर्नै मुश्किल

निम्न वर्गिय समुदायले किनमेल गर्ने बजार भनेर चिनिएको काठमाडौं उपत्यकाको भृकुटीमण्डप बजार खुलेपनि ग्राहक नआउँदा सुनसान छ ।

मनसुन सक्रिय हुनेक्रम जारी

जल तथा मौसम विज्ञान विभागले आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ।

आरोपित खड्कालाई नेपाल ल्याइयो

३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका एक आरोपित हरिशरण खड्कालाई शनिबार नेपाल ल्याइएको छ। उनलाई नेपाल ल्याइएसँगै सो तस्करीको थप रहस्य खुल्ने अनुमान गरिएको छ। हिमालय ऐयरलायन्समार्फत् खड्कालाई नेपाल ल्याइएकोे हो।

लिफ्टीङ योजनाको काम ७० प्रतिशत पुरा

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेको भँडारेघाटमा सुरु गरिएको लिफ्टीङ योजनाको काम ७० प्रतिशत पुरा भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्