१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सुनिल थापासहितका नेताहरू कांग्रेस प्रवेश गर्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी नेता एवं पूर्वमन्त्री सुनीलबहादुर थापासहितका केही नेताहरू नेपाली कांग्रेस प्रवेस गर्ने भएका छन् । राप्रपाको वर्तमान नेतृत्वप्रति असन्तुष्ट रहेका रहेका थापासहितका नेताहरूले शनिबार पार्टी परित्याग गर्दै कांग्रेस प्रवेशको तयारी गरेका हुन् । सभापति शेरबहादुर देउवासहितका नेताहरूसँगको निरन्तर छलफलमा रहेका थापालाई कांग्रेसले पदाधिकारीसहित पार्टी प्रवेस गराउने तयारी गरेको हो । 

पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलले कांग्रेस महामन्त्रीको दाबी गर्दै आएका छन् ।तर, उनलाई सहमहामन्त्री दिने तयारी गरेको जानकारी दिंदै स्रोतले भन्यो, ‘पार्टी पदाधिकारी दिने भन्ने हो तर महामन्त्री वा सहमहामन्त्री के भन्ने टुंगो लाग्न बाँकी छ ।’ थापासहित राप्रपा परित्याग गरेका अन्य केही नेताहरूलाई कांग्रेस केन्द्रीय सदस्य दिने तयारी गरेको छ । 

थापासहित ३० जनाले शनिबार पार्टी अध्यक्षलाई पत्र लेखेर पदबाट राजीनामा दिंदै पार्टी ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेको उल्लेख गरेका छन् ।पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटकपटक ध्यानाकर्षण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने राजीनामा पत्रमा थापा, विष्णु विक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलिप राई, आशाराम चौधरी, चन्द्रबहादुर घुण्डे गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम पदारथ साह, नारायण राउत, इन्द्रबहादुर तामाङ र राजकुमार राई छन् । 

त्यसैगरी डम्बरबहादुर राई, माधव पौडेल, अर्जुनविक्रम थापा, हरेन्द्रप्रसाद यादव, रुपनारायण यादव, भिखारीलाल यादव, महेन्द्र बस्नेत, गोपी ठकुरीडोलनाथ आचार्य, दबिबल तामाङ, मदन घिमिरे र ध्रुब थापाले पार्टी परित्याग गरेका छन् । जोशीलाई कारवाही नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको छ । 

गत निर्वाचनमा नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशीलाई ५ वर्षका लागि निस्काशन गरिएको समितिले जनाएको छ । पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्किासन गरिएको छ । उनीमाथि कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप छ । यस्तै डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निस्काशन गरिएको छ ।

प्रकाशित: १० श्रावण २०७७ १५:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App