३० असार २०८३ मंगलबार
image/svg+xml

वर्षाका कारण चितवन र गैँडाकोट जलमग्न

सोमबारदेखि आएको वर्षाका कारण चितवन र नवलपरासी (बर्दघाट पूर्व) का विभिन्न ठाउँ डुवानमा परेको छ।

कतारको औपचारिक भ्रमणमा जाँदै उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले १४ देखि १६ जुलाई २०२६ सम्म कतार राज्यको औपचारिक भ्रमणमा जान लागेका छन्।

सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा १,२०० रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले घटेको हो।

पुँजीबजार किन सुस्त ?

सरकारसहित सबैतिरबाट पुँजीबजारमा खेलबाड भइरहेको छ। पुँजीबजारप्रतिको उपेक्षा र नीतिगत अन्योलले ३२ सय अंकमा पुगेको नेप्से परिसूचकले करिब तीन वर्षदेखि निकै उतारचढाव भोग्दै दुई हजारदेखि २५ सय सूचकांकमा गुज्रिरहेको छ।

नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थप, देशभरको रगतको उपलब्धता अब एकै ठाउँबाट हेर्न सकिने

अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको छ।

प्रतिनिधिसभा बैठक : यी विधेयक र प्रतिवेदनमाथि छलफल हुँदै

प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ। बैठकमा विभिन्न विधेयक एवं प्रतिवेदनहरू प्रस्तुत हुने कार्यसूची छ।

माजिदलाई भेटेपछि राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ र दुर्व्यवहार किन?

राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीको कथित दुर्व्यवहारबाट घाइते भएका युवा अभियन्ता माजिद अन्सारीलाई अस्पतालमै पुगेर भेट गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

अविरल वर्षाले नवलपुरमा डुबान

लगातारको वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा पहिरो र डुबानका घटना बढेका छन्। विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै नौ घरमा पानी पसेपछि ३५ जना विस्थापित भएका छन्।

माजिदलाई भेटेपछि पूर्वगृहमन्त्री श्रेष्ठले भने : सरकारले निरंकुश कार्य पूर्ण रूपमा बन्द गरोस्

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले कीर्तिपुरको होल्डिङ सेन्टरबाट प्रहरीले पक्राउ गरेका युवामाथि दुर्व्यवहार भएको बताएका छन्।

अविरल वर्षाले नवलपुरमा पहिरो र डुबान : नौ घरपरिवार प्रभावित

लगातारको वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पहिरो र डुबानका घटना बढेका छन्।

मधेस प्रदेशसभा बैठकः बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने

मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले आगामी आव २०८३।८४ का लागि कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै रु ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने सरकारी तयारीले गति लिएको छ।

मोडल बनाउने लोभ देखाएर पेन्टहाउसमा यौन दुर्व्यवहार गर्ने निगार्डले आरोप स्वीकारे

क्यानेडियन फेसन मोगल पिटर निगार्डले क्युबेकमा आफूमाथि लागेको यौन दुर्व्यवहार र जबरजस्ती थुनामा राखेको आरोपमा दोषी स्वीकार गरेका छन्।

मिटरब्याज पीडितसँग भेट्न निजगढ आइपुगे गृहमन्त्री

मिटरब्याज पीडितहरूलाई भेट्न गृहमन्त्री सुधन गुरुङ बाराको निजगढमा आइपुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्