१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्य प्रतितोला ९४ हजार पुग्यो, कारोवार शून्य

नेपाली बजारमा आज एकै दिन सुनको मूल्य प्रतितोला एक हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय ६० रुपैयाँ पुगेको छ । मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँ  र तेजाबी सुन प्रतितोला ९२ हजार २ सय ६० रुपैयाँमा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले बढेर एक हजार १ सय ३५ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको महासंघका अध्यक्ष मोहनकुमार सुनारले बताए । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँसत एक हजार ८६८.४५ डलर पुगेको छ । अध्यक्ष सुनारले अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा पनि सुनको मूल्य बढेको बताए ।

दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोवार शून्यमा झरेको महासंघले जनाएको छ । 'नेपाली बजारमा मुख्यत कोरोनाको असरका कारण कारोवार शून्य भएको हो', उनले भने । देशभरका सुनचाँदी व्यवसायीले सुनको कारोवार ठप्प भएको आफूलाई जानकारी गराएको उनले बताए ।

प्रकाशित: ७ श्रावण २०७७ ०८:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App