१२ मंसिर २०८१ बुधबार
image/svg+xml

लडाकुलाई जनही २ लाख: डा. भट्टराईको पालामा सुरु प्रक्रिया, प्रधानमन्त्री दाहालले कार्यान्वयन गर्दै

अयोग्य लडाकुलाई राज्यकोषबाट रकम दिने तयारी अहिले मात्र भएको होइन। यो तयारी तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा सुरु भएको हो। यसलाई अर्का तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि निरन्तरता दिएका थिए। उनको पालाका अर्थमन्त्री विष्णु पौडेलले लडाकुलाई वितरण गर्ने नाममा ८४ करोड रुपैया बजेटमै छुट्टाएका थिए।

अध्यक्ष ओलीमाथि भएको आक्रमण प्रति सरकार मौन बसेको भन्दै पौडेलद्वारा आक्रोश व्यक्त

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर आक्रमणको प्रयास हुँदा पनि सरकार मौन रहेको भन्दै आक्रोश व्यक्त गरेका छन।

प्रधानमन्त्रीका आइटी विज्ञको सधैँ चलखेल: ओलीका अस्गर अलीकै बाटोमा दाहालका प्रकाश रायमाझी

तत्कालिन प्रधानमन्त्री ओलीका सल्लाहकार अलीले जसरी पदको दुरुपयोग गरेर राज्यका संवेदनशील तथ्याङ्क र विवरणमा कब्जा जमाएर आफ्नो कम्पनीलाई पोस्ने काम गरे त्यसैगरी अहिलेका प्रधानमन्त्री दाहालका विज्ञ रायमाझीले चलखेल गर्दैछन्।

राष्ट्रिय परिचयपत्र प्रमाणीकरणमा प्रधानमन्त्रीका आइटी विज्ञको रुचि

राष्ट्रिय परिचयपत्र व्यवस्थापन कार्यविधि खारेज भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालकै आइटी विज्ञको कम्पनीलाई संकलित विवरण प्रमाणीकरण गर्न दिने तयारी गरिएको छ।

प्रा डा आचार्य र धमलालाई युगकवि सिद्धिचरण पुरस्कार

युगकवि सिद्धिचरण श्रेष्ठको साहित्य सिर्जनालाई अनुसरण गरी नेपाली साहित्यको विकासका लागि उल्लेख्य योगदान गरेवापत युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार २०८०’ प्रा डा जयराज आचार्यलाई प्रदान गर्ने भएको छ।

भ्रष्टाचार नियन्त्रण गर्न ५ सय र हजारका नोट बन्द गर्नुपर्छः सांसद देवकोटा

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले भ्रष्टाचार नियन्त्रण गरी अर्थतन्त्र सुधारका लागि ५ सय र हजार रुपैयाँका नोट छपाई रोक्नुपर्ने बताएका छन्।

कपिलवस्तुमा घटेन औलो संक्रमण

सन् २०२५ सम्म औलो रोगलाई शून्यमा झार्ने सरकारी लक्ष्य रहे पनि कपिलवस्तु भने अझै उच्च जोखिममा छ। अति जोखिम सूचीमा रहेको कपिलवस्तुमा पछिल्ला ४ वर्षमा ५४ औलो (मलेरिया) रोगी फेला परेका छन्।

मलेरियामुक्त एशिया प्रशान्त क्षेत्र संभव छ ?

संक्रमित स्त्री लामखुटे्को टोकाइका कारण हुने मलेरिया रोग अझै पनि मानव जीवनका लागि खतरायुक्त रोग रहेको छ। यो रोग ५ थरीका प्लाज्मोडियम मलेरिया पारासाइटका कारण हुने गर्छ। विश्व स्वास्थ्य संगठनले प्रकाशन गरेको विश्व मलेरिया रिपोर्ट–२०२२ अनुसार हाल विश्वमा २४ करोड ७० लाख मलेरियाका रोगी छन् भने सन् २०२१ मा यो रोगका कारण ६ लाख १९ हजारको मृत्यु भएको थियो। प्रतिवेदनका अनुसार मृत्य हुनेमा अधिकांश अफि«की राष्ट्रका छन्।

खुमलटारलाई हराउँदै एपिएफ पाँचौं स्थानमा

खुमलटार युथ क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विभागीय टोली एपिएफ राजधानीमा जारी सहिद स्माकर ‘ए’ लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ।

प्रेसलाई अंकुश लगाउने गरी कुनै ऐननियम बनाइने छैन: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रेसलाई अंकुश लगाउने गरी कुनै ऐननियम नल्याउने प्रतिबद्धता जनाएका छन्।

म्यागजिन 'गेम चेन्जर' लोकार्पण

प्रधानमन्त्री पुष्पकमल दाहाल, मिडियाका संस्थापक अध्यक्ष विनोदराज ज्ञवाली र निर्देशक शोभा ज्ञवालीले संयुक्त रुपमा म्यागेजिनको लोकार्पण गरेका हुन्।

प्रधानमन्त्री दाहालले गरे 'नागरिक नायक २०८०' को उद्घाटन

सोमबार सोल्टि होटलमा भएको कार्यक्रमको उद्घाटन प्रधानमन्त्री दाहाल र नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष विनोदराज ज्ञवालीले संयुक्त रुपमा दिप प्रज्वलन गरेर उद्घाटन गरेका हुन्।

देशलाई नयाँ आशा र विश्वास दिने नीति ल्याउँछौंः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई नयाँ आशा र विश्वास दिने गरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने बताएका छन्।

नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा बनेका सवारीसाधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्