८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

देशलाई नयाँ आशा र विश्वास दिने नीति ल्याउँछौंः प्रधानमन्त्री

फाइल तस्बिर।

प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई नयाँ आशा र विश्वास दिने गरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा (एकीकृत समाजवादी) ले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री दाहालले अहिले आफूहरु सरकारको नीति, कार्यक्रम र बजेट निर्माणको छलफलमा घनिभूत ढंगले लागि परेको उल्लेख गर्दै त्यसले देश र जनतालाई नयाँ आशा र भरोसा दिने दावी समेत गरे।

उनले आफूले छिट्टै भारत भ्रमण गर्ने भएकाले त्यसको राम्रो तयारी पनि गरिरहेको उल्लेख गरे। प्रधानमन्त्री दाहालले भने, ‘हामी अहिले सरकारको नीति, कार्यक्रम र बजेट निर्माणमा घनिभूत ढंगले जुटिराखेका पनि छौं। जुटन आवश्यक पनि छ। यो नीति, कार्यक्रम र बजेटले देशलाई नयाँ आशा, नयाँ विश्वास दिनुछ एकातिर भने अहिलेनै हामी फेरी विदेश भ्रमणको पनि प्रक्रिया सुरु हुँदैछ। त्यसको पनि राम्रो तयारी गरेर जानुछ।’

प्रधानमन्त्री दाहालले देश र जनताको हितमा काम गर्न लागि देशभक्त, क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीच एकता गरेर जानुको विकल्प नरहेको पनि बताए।

प्रकाशित: १० वैशाख २०८० १०:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App