१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

खुमलटारलाई हराउँदै एपिएफ पाँचौं स्थानमा

सहिद स्मारक ‘ए’ डिभिजन लिग

एपिएफका आभास लामिछानेसँग बल खोस्ने प्रयास गर्दै खुमलटारका कप्तान जया गुरुङ (सेतो)। तस्बिर सौजन्यः एन्फा

खुमलटार युथ क्लबलाई २-० गोलअन्तरले पराजित गर्दै विभागीय टोली एपिएफ राजधानीमा जारी सहिद स्माकर ‘ए’ लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न १२औं चरणको पहिलो खेलमा एपिएफले खुमलटारलाई पराजित गर्दै जारी लिगमा पाँचौं जित पनि निकालेको छ। यस जितसँगै एपिएफले १२ खेलबाट १७ अंक बनाएको छ भने जारी लिगमा सातौं पराजय भोगेको खुमलटार १३ अंकसहित ११औं स्थानमा छ।

११ खेल खेलेको जावलाखेल युथ क्लब २३ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ भने थ्री स्टार २१ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। साबिक विजेता मच्छिन्द्र फुटबल क्लब भने १६ अंकका साथ तालिकाको सातौं स्थानमा छ।

खुमलटार युथ क्लबलाई २-० गोलअन्तरले पराजित गर्दै विभागीय टोली एपिएफ राजधानीमा जारी सहिद स्माकर ‘ए’ लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ।

११औं चरणको खेलमा सर्वाधिक ८ पटकको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी फुटबल क्लबलाई २–१ ले पराजित गरेको खुमलटार सोमबार भने एपिएफविरुद्ध खुलेर खेल्न सकेन। सुरुआत प्रतिस्पधात्मक बने पनि २० मिनेटपछि एपिएफले आक्रामक रणनीति बनाउँदै २६औं मिनेटमा गोलको खाता खोलेको थियो।

बुद्धिमान राईले उपलब्ध गराएको पासलाई अब्दोउ रमानीले गोल गर्दै एपिएफलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफमा खुमलटारले खेलमा फर्किने निकै प्रयास गरे पनि सफल हुन सकेन।

दोस्रो हाफमा अलि सुधारिएको खेल देखाउने प्रयास गरे पनि खुमलटार खेलमा फर्कन असफल भयो। पहिलो हाफमा लिएको अग्रतापछि उच्च मनोबलका साथ खेलेको एपिएफले दोस्रो हाफमा दोस्रो गोल थप्दै खुमलटारको रणनीतिलाई विफल बनायो।

७०औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। खुमलटारका गोलकिपर राजकुमार लिम्बुले पेनाल्टी बक्सभन्दा अगाडि आएर नियन्त्रण गर्ने प्रयास गरेको बललाई खोस्दै बिडोमले टोलीका लागि दोस्रो गोल गरे। बाँकी समयमा खुमलटारले खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन र खेल सुम्पिन बाध्य बन्यो।

बुद्धिमान राईले उपलब्ध गराएको पासलाई अब्दोउ रमानीले गोल गर्दै एपिएफलाई सुरुआती अग्रता दिलाएका थिए।

७०औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। खुमलटारका गोलकिपर राजकुमार लिम्बुले पेनाल्टी बक्सभन्दा अगाडि आएर नियन्त्रण गर्ने प्रयास गरेको बललाई खोस्दै बिडोमले टोलीका लागि दोस्रो गोल गरे।

लिगमा मंगलबार तीन खेल हुनेछन्। एन्फा मुख्यालयमा हुने खेलमा मनाङ मस्र्याङ्दी क्लबले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै दशरथ रंगशालामा पहिलो खेल फ्रेन्ड्स र न्युरोड टिम एनआरटी (एनआरटी) बीच हुँदा दोस्रो खेल जावलाखेल युथ क्लब र चर्च ब्वाइज क्लबबीच हुनेछ।

प्रकाशित: १२ वैशाख २०८० ०२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App