१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

प्रेसलाई अंकुश लगाउने गरी कुनै ऐननियम बनाइने छैन: प्रधानमन्त्री

नेपाल रिपब्लिक मिडिया लिमिटेडको १५औं वार्षिकोत्सवका अवसरमा सोमबार सोल्टी होटेलमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल। नेपाल रिपब्लिक मिडिया लिमिटेडका अध्यक्ष एवं प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली(बायाँ)।

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रेसलाई अंकुश लगाउने गरी कुनै ऐननियम नल्याउने प्रतिबद्धता जनाएका छन्। नेपाल रिपब्लिक मिडिया प्रालिको १५औं वार्षिकोत्सवका अवसरमा आयोजित ‘नागरिक नायक–२०८’ घोषणा तथा सम्मान समारोहको उद्घाटन गर्दै उनले भने, ‘मैले पहिले पनि भनेको छु, यसपटक नराम्रो काम केही गर्दिनँ र गर्न पनि दिन्नँ। झन् संविधानले दिएका अधिकारहरू कुण्ठित गर्ने किसिमका कुनै ऐननियम आउन दिइनेछैन, प्रेसलाई अंकुश लगाउने गरी कुनै ऐननियम बनाइनेछैन।’

उनले नेपाली प्रेसलाई समृद्ध र शक्तिशाली बनाउनेगरी काम गर्न सरकार अग्रसर रहेको पनि बताए। ‘सरकारले सञ्चार क्षेत्रलाई राष्ट्रिय सेवामूलक उद्योगका रूपमा घोषणा गरेर यसको विकासका लागि आवश्यक कदमहरू चालिरहेको छ,’ उनले भने, ‘यसैगरी पत्रकारको पेसागत र भौतिक सुरक्षाको ग्यारेन्टी गर्नेगरी सरकार अघि बढिरहेको छ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रेसलाई अंकुश लगाउने गरी कुनै ऐननियम नल्याउने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री दाहालले नेपाल रिपब्लिक मिडिया प्रालि देशको राजनीतिक इतिहाससँग जोडिएको बताएका छन्। उनले नेपाल रिपब्लिक मिडिया प्रालिको स्थापना लोकतन्त्र दिवससँग जोडिएकाले नेपालमा यसको महत्व पनि सोहीअनुसार विशिष्ट रहेको बताए।

‘नागरिक नायक–२०८०’ बाट सम्मानित बायाँबाट क्रमशः सुनिल प्रजापति, लक्ष्मी घलान र मोन्टी देसाई।

‘संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसको प्राप्तिका लागि भएका आन्दोलनसँग यसको गहिरो नाता छ,’ प्रधानमन्त्री दाहालले भने, ‘१५ वर्षअघि लोकतन्त्र दिवसकै अवसरमा देशको आवश्यकतालाई ध्यानमा राखेर सञ्चार सेवा सुरु गरेको यस संस्थाले समाजलाई पनि महत्वपूर्ण योगदान दिँदै आएको छ।’

प्रधानमन्त्री दाहालले नेपाल रिपब्लिक मिडिया प्रालि देशको राजनीतिक इतिहाससँग जोडिएको बताएका छन्। उनले नेपाल रिपब्लिक मिडिया प्रालिको स्थापना लोकतन्त्र दिवससँग जोडिएकाले नेपालमा यसको महत्व पनि सोहीअनुसार विशिष्ट रहेको बताए।

विगतमा व्यवस्थाको परिवर्तनका लागि भएका संघर्षमा राजनीतिक दल र सञ्चार क्षेत्र मिलेर अघि बढेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले अहिले पनि त्यस्तै आवश्यकता रहेको बताए। उनले भने, ‘अहिले पनि परिवर्तनलाई उल्टाउन चाहने शक्तिहरू सल्बलाउन खोजेका छन्। त्यसैले अझै पनि त्यो सहकार्यको आवश्यकता पर्न थालेको छ।’

प्रकाशित: १२ वैशाख २०८० ००:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App