१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

भ्रष्टाचार नियन्त्रण गर्न ५ सय र हजारका नोट बन्द गर्नुपर्छः सांसद देवकोटा

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले भ्रष्टाचार नियन्त्रण गरी अर्थतन्त्र सुधारका लागि ५ सय र हजार रुपैयाँका नोट छपाई रोक्नुपर्ने बताएका छन्।

बुधवार राष्ट्रिय सभामा वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रश्तावमाथिको छलफलमा बोल्दै सदस्य देवकोटाले मुलुकमा भइरहेको भ्रष्टाचार कम हुने दाबी गर्दै ५ सय र हजार रुपैयाँका नोट छपाई रोक्नुपर्ने बताएका हुन्।

उनले बजारमा भएको सबै पैसा नियन्त्रण गर्न सकिए भ्रष्टाचार न्युनिकरणमा सहयोग पुग्ने दाबी गरे। उनले बजारमा लगानी गर्नुपर्ने पैसा कर्मचारी, नेता, दलाल र विचौलियाले बोरामा लुकाएर राख्ने गरेको दाबी गरेका छन्।

उनले भने, ‘सरकारले दुई चारवटा काम मात्रै गरिदिए पुग्छ। यसले अर्थतन्त्रमा केही राहत पनि पुग्छ। बजारमा लगानी गर्नु पर्ने पैसा घुस्याहा कर्मचारी, घुस्याहा नेता, दलाल, विचौलियाले बोरामा पैसा लुकाए राख्ने गरेका छन भन्ने सुनिन्छ। मेरो अनुरोध छ। रु पाँच सय र एक हजारका नोट छाप्न बन्द गरियोस्। बजारबाट  सबै नोट खिचियोस्। यसले केही हदसम्म भए पनि भ्रष्टाचार नियन्त्रणमा सहयोग पुर्‍याउँछ।’

प्रकाशित: १३ वैशाख २०८० ०९:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App