८ आश्विन २०८१ मंगलबार
image/svg+xml

यातायात व्यवसायीले बैंकलाई बुझाए गाडीको साँचो

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर गाडी किनेका व्यवसायीले किस्ता र ब्याजको साटो धितोको रुपमा रहेको गाडीको साँचो नै बैंकलाई फिर्ता गरेका हुन्।

बैंकको व्याजदर घटाउन माग

बैंकको व्याजदर घटाउन प्रदेश १ का उद्योगी व्यवसायीले माग गरेका छन् । लकडाउनका कारण उद्योग व्यवसाय क्षेत्र तहस नहस बनेको भन्दै उद्योगी व्यवसायीहरूले बैंकको व्याजदर ५ प्रतिशत घटाउन माग गरेका हुन् ।

यातायात व्यवसायीले बैंकलाई बुझाए गाडी

कोरोना भाइरस महामारीका कारण गरिएको लकडाउनले आर्थिक रुपमा धरासायी बनाउँदा ऋणको किस्ता र ब्याज तिर्न नसकेको भन्दै यातायात व्यवसायीले वित्तीय संस्थालाई सवारीको साँचो नै बुझाउन थालेका छन् । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर गाडी किनेका व्यवसायीले किस्ता र ब्याजको साटो धितोको रुपमा रहेको गाडीको साँचो नै फिर्ता गरेको बताएका छन् ।

दोब्बर भाडा असुल्दै जीप व्यवसायी, १४ किमी सडकमा ८०० भाडा

डोल्पामा जीप व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन्। जिल्लामा आन्तरिकरुपमा सञ्चालन हुँदै आएका जीप व्यवसायीले सदरमुकाम दुनै आवतजावत गर्ने सर्वसाधारणबाट लकडाउनको मौका छोपी आफू खुशी भाडा असुल्न थालेका हुन्।

किस्ता तिर्न नसकिने भयो: यातायात व्यवसायी

सरकारले बस चलाऊ भनेको खण्डमा भोलिदेखि नै चलाई हाल्न सक्ने अवस्था पनि छैन। सबै बसका टायर मक्किन थालेका छन्। ब्याट्री डाउन भएका छन्। दैनिक नगुडेपछि बसका पार्टपूर्जामा खिया लाग्न थालेका छन्। प्रतिबस कम्तीमा एकदेखि दुई लाख रुपैयाँ नभई व्यवसायी र स्वरोजगार मजदूरले सडकमा बस निकाल्न सक्ने अवस्था छैन

होटल व्यवसायीको माग: मापदण्ड पूरा गरेर होटल सञ्चालन गर्न देऊ

कास्कीका होटल व्यवसायीले होटल खोल्न दिन माग गरेका छन् । कास्कीमा रहेका पृथ्वी होटल व्यवसायी समिति कास्की, पोखरा सिटी रेवान, लेखनाथ होटल व्यवसायी समिति, लोकदोहोरी व्यवसायी समिति कास्की र धम्पुस पर्यटन व्यवसायी समिति कास्कीले आइतबार पोखरामा पत्रकार भेटघाट गरी सरकारले जारी गरेको मापदण्ड पूरा गरेर होटल सञ्चालन गर्न दिन माग गरेका हुन् । राज्यले अत्यावश्यक सेवामा राखेकाले होटल सञ्चालन गर्न पाउनुपर्ने उनीहरुको तर्क छ ।

लकडाउनले आर्थिक चपेटामा सैलुन व्यवसायी

बन्दाबन्दी खुकुलो हुँदै गए पनि सरकारले अझै केही समय सैलुन (नाइ) व्यवसाय सञ्चालनमा रोक लगाएपछि व्यवसायी मर्कामा परेका छन्। कोरोना भाइरस सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले होटल, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लरलगायतका केही व्यवसाय सञ्चालनमा रोक लगाएको छ।

आर्थिक चपेटामा सैलुन व्यवसायी

नेपाल सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सावधानीस्वरूप लागू गरेको बन्दाबन्दी (लकडाउन) खुकुलो बनाउने निर्णय जेठ २८ गते गर्यो । ८० दिनदेखि बन्द पसल सञ्चालन गर्दा व्यापारी खुसी थिए । अर्काेथरिका व्यापारीमा भने निरासाको बादल हटेन । वरिपरिका पसल निर्वाध चलेका छन् त्यहिँ भिडमा रहेको जयकुमार ठाकुरको सैलुन खुलेन ।

बैंक किस्ता स्थगन गर्न यातायात व्यवसायीकाे माग

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले तीन महिने लकडाउनले सार्वजनिक यातायात धराशयी बन्ने अवस्था आएकाले तत्कालै व्यवसायीको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ।

अध्यक्षको होटलमा क्वारेन्टिन

सौराहाका व्यवसायीले होटललाई क्वारेन्टिनका रुपमा सञ्चालनमा ल्याएका छन्। क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईको होटलमा अहिले विदेशबाट आएका पूर्वी चितवनको जयमङ्गलाका दुई जनालाई क्वारेन्टिनमा राखिएको छ।

ट्याक्सी व्यवसायी विरोधमा

तीन महिनासम्म लकडाउन धैर्यपूर्वक पालना गरेका ट्याक्सी व्यवसायी मंगलबार सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

लकडाउनमा यातायात व्यवसायीको मर्का : ‘हामी सधैँको पीडित’

सरकारले जोर बिजोर प्रणालीका आधारमा नीजि सवारी साधन सञ्चालन गर्न दिएको छ । सरकारी अनुमती अुनसार अहिले सडकमा नीजि सवारी साधनहरु जोर बिजोर प्रणालीका आधारमा निर्वाधन सञ्चालन भैरहेका छन् । तर ११ चैत देखि लागु भएको लकडाउनका कारण थन्क्याईएका सार्वजनिक सवारी साधन भने अहिले पनि ठप्प छन् ।

ट्याक्सी व्यवसायी किन आए सडकमा ?

ट्याक्सी चलाउन पाउनु पर्ने माग गर्दै ट्याक्सी व्यवसायीहरुले आन्दोलन उत्रिएका छन्। बानेश्वरस्थित यातायता व्यवस्था विभाग अगाडि प्लेकार्डसहित व्यवसायीले प्रर्दशन गरे।

'माग सम्बोधन नभए सिंहदरबारमा ट्याक्सी बुझाउँछाैं'

ट्याक्सी व्यवसायी स्यानिटाइनजर र मास्कसहित पछाडि दुई जना राखेर उपत्यकाभित्र ट्याक्सी चलाउन पाउनुपर्ने भन्दै यसअघि नै ज्ञापनपत्र बुझाएका थिए । सरकारबाट माग सम्बाेधन नभएपछि आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्